नयाँ राइडिङ मोड र एबीएससहित हिरो ग्ल्यामर एक्स १२५ लन्च
हिरो मोटोकर्पले ग्ल्यामर एक्स १२५ मोटरसाइकल भारतीय बजारमा लन्च गरेको छ।...
काठमाडौं– नेपाल जेनरल मार्केटिङले हिरो मोटरसाइकल तथा स्कुटरको वारेन्टी दायित्व अब आफूले ब्यहोर्न नसक्ने बताएको छ । कम्पनीले मंगलबार एक प्रेश नोट जारी गर्दै उक्त जानकारी दिएको हो ।
हिरो मोटोकर्पद्वारा उत्पादित मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकलाई नेपाल जेनरल मार्केटिङले उत्पादक कम्पनीको निर्देशन बमोजिम वारेन्टी सुविधा दिँदै आएको थियो ।
तर, उत्पादक कम्पनीले विगत दुई वर्षदेखि कम्पनीलाई स्पेयर पार्ट्सको आपूर्ति आंशिक रूपमा गर्दै आएको र विगत एक वर्षयता आपूर्ति बन्द नै गरेकोले वारेन्टी दायित्व आफूले ब्यहोर्न नसक्ने जनाएको हो ।
मोटरसाइकल तथा स्कुटरको स्पेयर पार्ट्सको आपूर्ति रोकेको कारण ग्राहकले वारेन्टी सुविधाबाट बन्चित हुन गई दुःख झेल्नु परेको महशुस कम्पनीले गरेको बताएको छ ।
कम्पनीले भनेको छ, ’हिरो मोटोकर्पले स्पेयर पार्ट्सको आपूर्ति बन्द गर्दा पनि आफ्नो स्टकबाट वारेण्टी सुविधा अन्तर्गत स्पेयर पार्टस् उपलब्ध गराई आएको तर हिरो मोटोकर्पले वारेन्टी बापत भुक्तानी दिनु पर्ने करोडौं रूपैयाँ विगत दुई वर्षदेखि रोकी राखेको छ ।’
वारेन्टी दिने दायित्व उत्पादक कम्पनीको भएता पनि कम्पनी आफैंले समस्याको समाधान गर्ने प्रयास गरिरहेकोमा मोटोकर्पले स्पेयर पार्ट्सको आपूर्ति नगरेको र विगत दुई वर्षदेखि वारेण्टी क्लेमको भुक्तानी रोकी राखेकोले उत्पादक कम्पनीको वारेण्टीको दायित्व अब आफूले नब्यहोर्ने कम्पनीको भनाइ छ ।
स्पेयर पार्ट्सको भुक्तानी पाएपछि मात्र ग्राहकलाई वारेन्टी सुविधा दिने कम्पनीले जनाएको छ ।

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...