२ करोड भन्दा बढी मूल्यका साथ नयाँ पुस्ताको फोर्ड रेन्जर -यापटर अब नेपालमा

काठमाडौँ – अफरोड र अनरोड दुवैमा आफ्नो पर्फमेन्सद्वारा ख्याती कमाएको फोर्ड रेन्जर ¥यापटरको नयाँ संस्करण नेक्स्ट–जेन रेन्जर ¥यापटर नेपाली बजारमा आएको छ । नेक्स्ट–जेन रेन्जर -यापटरमा विभिन्न स्मार्ट प्रविधिका साथ नयाँ पुस्ताका हार्डवेयरहरु राखिएका छन्् जसले अफरोड गाडीहरुको श्रेणीमा एउटा नयाँ आयाम बनाएको कम्पनीको भनाइ छ ।

अफरोड भू–भाग मध्यनजर गरी विभिन्न नयाँ सुविधा तथा प्रविधि जडान गरिएको नेक्स्ट–जेन रेन्जर -यापटरमा नयाँ ट्विन–टर्वो ३.० लिटर इकोबुस्ट भी६ पेट्रोल इन्जिन रहेको छ, जसले ५६५० आरपीएममा ३९७ पीएस पावर र ३५०० आरपीएममा ५८३ एनएम टर्क जेनेरेट गर्छ । फोर्ड पर्फमेन्स मापदण्ड अनुरुप गरिएको, १० स्पीड अटोमेटिक ट्रान्समिसनयुक्त नेक्स्ट–जेन रेन्जर -यापटरको नयाँ ईन्जिनले सहजै रुपमा ग्राभेल, माटो, हिलो बालुवामा चलाउन मद्दत गर्दछ ।

नेक्स्ट–जेन रेन्जर -यापटरमा चालकले इलेक्ट्रोनिक रुपमा नियन्त्रित सक्रिय एक्जस्ट सिस्टमद्वारा आफ्नो -यापटरको आवाजलाई क्वाइट, नर्मल, स्पोर्ट र बाजा गरी चार एक्जस्ट मोडमध्ये एक चयन गर्न सकिन्छ ।

वालुवामा वा मरुभुमिमा डेजर्ट–रनिङ्ग पावर दिनको लागि बाजा मोडमा उपलब्ध नेक्स्ट–जेन रेन्जर -यापटरको एन्टी–ल्याग प्रणालीले थ्रोटलबाट बाहिर निस्कँदा पनि तीन सेकेण्डसम्म टर्वो स्पिनिङ कायम रहन्छ जसको फलस्वरुप गाडीले तत्काल मोडहरुमा वा गियरहरु बीच पनि पावर प्रदान गर्दछ ।

यस गाडीको लागि फोर्डले फोक्ससँग सहकार्य गरी कम्प्युटर एडेड इन्जिनियरिङ्ग (सीएई) र वास्तविकताको मिश्रण प्रयोग गरेर यसका सक् ट्युन गर्ने, भल्वहरु ट्युन गर्ने जस्ता क्रियाकलापहरुद्वारा रेन्जर -यापटरको ड्राइभ जस्तोसुकै बाटोमा पनि आरामदायी, सुरक्षित बनाउन मद्दत गरेको छ । नेक्स्ट जेन रेन्जर -यापटरमा फोक्स २.५ इन्च लाइभ भल्व इन्टरनल बाइपास सक एब्जर्बर रहेको छ जुन रेन्जर ¥यापटरमा अहिलेसम्मकै सबैभन्दा नयाँ र परिष्कृत प्रविधि हो । यसले वास्तविक अफ–रोड ड्राइभमा सेन्सरहरुको सहयोगले प्रति सेकेण्ड ५०० पटकसम्म ड्याम्पिङ्ग एड्जस्ट गरी ड्राइभ सजिलो र आरामदायी बनाउँछ ।

नयाँ नेक्स्ट–जेन रेन्जर -यापटरमा सात ड्राइभ मोडहरु छन्, अन–रोडको लागि नर्मल, स्पोर्ट र सिल्परी र अफ–रोडको लागि रक क्रल, स्याण्ड, मड एण्ड रट्स र बाजा ।

नयाँ इन्टेरियर हार्डकोर अफरोड रेसरहरुको लागि ध्यानमा राखी डिजाइन गरिएको छ । इन्स्ट्रयुमेन्ट प्यानल, ट्रिम र सिटहरुमा रहेको फोर्ड पर्फमेन्स ‘कोड ओरेन्ज’ एक्सेन्टलाई -यापटरको एम्बियन्ट लाइटिङले बृद्वि गरिएको छ । एफ–२२ -यापटर जेट फाइटरका सिटहरुबाट प्रेरित भएर अगाडि र पछाडिका सिटहरुले यात्रुहरुलाई सडकमा वा अफरोडमा आरामदायी सवारीको अनुभूति दिन्छन् ।

नेक्स्ट–जेन रेन्जर -यापटर पूर्ण रूपमा डिजिटल क्याबिनको साथ उपलब्ध छ, उच्च रिजोल्युसन १२.४ इन्च डिजिटल क्लस्टर र १२ इन्चको टचस्क्रिन फोर्डको नयाँ पुस्ताको SYNC 4A® का साथ जडान गरिएको छ । अन्य सुविधाहरूमा अपफिटर स्विचहरू र अफरोड स्क्रिन समावेश छन् ।

फोर्ड रेन्जर -यापटर एब्सोल्युट ब्ल्याक, आर्टिक ह्वाइट, कोड ओरेन्ज र कन्कर ग्रे सहित चार आकर्षक रंगहरूमा उपलब्ध छ । नेपाली बजारमा ३.० लिटर भी६ पेट्रोल र १०–स्पिड अटोमेटिक नेक्स्ट–जेन रेन्जर -यापटरको मूल्य.२ करोड १५ लाख रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

किस्ता नतिर्ने कारको इन्जिन रिमोटबाटै वन्द गर्न मिल्ने प्रविधीमा काम गर्दै फोर्ड मोटर

किस्ता नतिर्ने कारको इन्जिन रिमोटबाटै वन्द गर्न मिल्ने प्रविधीमा काम गर्दै फोर्ड मोटर

वैंक तथा वित्तिय संस्थाबाट कर्जा लिएर कार किन्ने तर समयमै किस्ता भुक्तानी...

भारतमा फोर्डको पुनरागमन कति सम्भव ? नेपालमा पनि हुन सक्छ असर

भारतमा फोर्डको पुनरागमन कति सम्भव ? नेपालमा पनि हुन सक्छ असर

फोर्डले भारत छोडेको लामो समय भइसकेको छ । पछिल्ला केही दिनदेखि यसको...

फोर्डले नेपाली ग्राहकहरुप्रति फेरि दोहो-यायो आफ्नो प्रतिबद्धता

फोर्डले नेपाली ग्राहकहरुप्रति फेरि दोहो-यायो आफ्नो प्रतिबद्धता

काठमाडौं – नेपालमा फोर्ड गाडीको आधिकारिक आयातकर्ता तथा वितरक जीओ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...