थाइल्यान्डबाट नेपाल भित्रियो २ करोड ४० लाखको विशेष सुविधायुक्त फोर्ड एभरेष्ट

काठमाडौ – नेपालका लागि फोर्डको आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालि (जीओे फोर्ड) ले नेपाली बजारमा नयाँ संस्करणको नेक्स्ट जेन फोर्ड एभरेष्ट भित्र्याएको छ । सो एसयूभीमा असाधारण आराम, ग्राहक केन्द्रित टेक्नोलोजीका साथ एड्भेन्चर रेडी फिचरहरु पनि रहेको छ ।

नेक्स्ट जेन फोर्ड एभरेष्ट नेपालमा २.० लिटर बाई–टर्बो डिजेल इन्जिनमा १०–स्पिड अटोमेटिक ट्रान्समिसनका साथ उपलब्ध छ । यसले २१० पीएस पावर र ५०० एनएम टर्क जेनेरेट गर्छ ।

पूर्ण चौडाईको कोस्ट–टू–कोस्ट इन्स्ट्रयुमेन्ट प्यानल र सेन्टर कन्सोलद्वारा विस्तारित फराकिलोपनको आभास दिदैँ, नेक्स्ट–जेन एभरेष्टले आरामदायी र सुविधाजनक ड्राइभको लागि वायरलेस चार्जिङ र इलेक्ट्रिक पार्किङ ब्रेक जस्ता अन्य धेरै सुविधाहरू प्रदान गर्दछ । दुबै दोस्रो र तेस्रो पङ्क्तिको सिटहरू सुरक्षित लामो यात्राको लागि फ्ल्याट फोल्ड डिजाइन गरिएको छ ।

फोर्डको ग्लोबल डिजाइन डीएनए अन्तर्गत सी–क्ल्याम्प हेडल्याम्प र बलियो तेर्सो माथिल्लो ग्रिल बारमा प्रतिबिम्बित हुन्छ । अगाडिको छेउमा तेर्सो र ठाडो तत्वहरूको मिश्रणले यसको उपस्थितिलाई थप दरिलो बनाउँछ ।

नेक्स्ट–जेन फोर्ड एभरेष्ट आकर्षित र साहसिक यात्राको लागि यसको केन्दी्रय क्षमताको साथ डिजाइन गरिएको कम्पनीको भनाइ छ । प्रिमियम स्तरको कला कौशलले भित्री भाग बनाइएको छ जसमा सात जना सम्मलाई शान्त र परिष्कृत वातावरणका साथै उत्कृष्ट प्रविधि र सुरक्षाले प्रत्येक यात्रालाई थप यादगार बनाउँछ ।

ग्राहक केन्द्रित प्रविधि
नवीनतम प्रविधिको ठूलो र उच्च रिजोल्युसन भएको १२ इन्चको पोट्र्रेट टचस्क्रिन र १२.४ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट प्यानल यसमा जडित छ र नेक्स्ट–जेन एभरेष्ट फोर्डको नवीनतम सिंक फोरए (SYNC4A®) प्रणाली रहेको छ ।

ड्राइभर असिस्ट टेक्नोलोजीहरूको नयाँ सुइटले भरिएको, नेक्स्ट–जेन एभरेष्टले यात्रुलाई सुरक्षित राख्न मद्दत गर्दछ । एक्टिभ पार्क असिस्ट २.० ले बटन थिच्दा पार्किङको तनाव कम गर्न मद्दत गर्छ साथै स्टप एण्ड गोको साथमा नयाँ क्रुज नियन्त्रण रहेको छ जसले चालकहरूलाई सडकमा थप आत्मविश्वास र कन्ट्रोलको महसुस गराउँछ । अन्य नयाँ सुरक्षा सुविधाहरूमा सडक किनारा पत्ता लगाउने लेन–किपिङ प्रणाली, इभासिभ स्टियर असिस्ट र रिभर्स ब्रेक समावेश छन् ।

साहसिक यात्राको लागि बनाइएको
नेक्स्ट–जेन एभरेष्टको ट्रयाकमा ५० एमएम वृद्धिले सडकमा थप नियन्त्रित सवार प्रदान गर्न मद्दत गर्छ, र ट्वीक्स टु डाम्पर सेटिङले फोर्ड टिमले एभरेष्टको अन–रोड र अफ–रोड सवारीमा थप रमाइलो र नियन्त्रित गर्न सहयोग दिएको छ । कुनै नयाँ ठाउँ एक्सप्लोर गर्न चाहनेका लागि दुईवटा फोर–ह्वील ड्राइभ प्रणाली, अन्डरबडी प्रोटेक्शन र अफरोड चयन गर्न मिल्ने ड्राइभ मोड र रियर लकिङ डिफरेन्सियल, दुई फङसनल टो हुक अपफ्रन्ट साथै एसेसरिजका लागि अपफिटर स्विचको विकल्पसहित नेक्स्ट–जेन एभरेष्ट जान तयार हुने कम्पनीको भनाइ छ ।

दुई फोर ह्विल ड्राइभ प्रणाली, दुई–स्पीड इलेक्ट्रोनिक सिफ्ट–अन–द–फ्लाई, ट्रान्सफर केस, जसलाई पार्ट–टाइम फोर ह्विल ड्राइभ प्रणाली पनि भनिन्छ; र अर्को उन्नत स्थायी चार–पाङ्ग्रे ड्राइभ प्रणालीका साथै चयन गर्न मिल्ने ड्राइभ मोडहरु इलेक्ट्रोनिक रूपमा नियन्त्रित अन–डिमान्ड दुई–स्पीड इलेक्ट्रोमेकानिकल ट्रान्सफर केस (EMTC)   प्रयोग गरिएको छ ।

एभरेष्टको अफ–रोड स्क्रिनले सवारी साधनको जानकारी र अगाडिको दृश्य क्यामेरामा देखाउँछ साथै चालकलाई अवरोधहरू हेर्न र त्यसबाट निस्कन मद्दत गर्दछ । एकल बटन थिचेर, चालकले आफ्नो ड्राइभलाइन र डिफ–लक इन्डिकेटरहरू, स्टेयरिङ कोण र गाइडहरू साथै गाडीको रोल र पिच कोणहरू हेर्न सक्छन् ।

नेक्स्ट–जेन फोर्ड एभरेष्टमा ८०० एमएम सम्मको वाटर वेडिङ क्षमताका साथै अन्य धेरै नयाँ सुविधाहरू छन् ।

नेक्स्ट जेन फोर्ड एभरेष्टको मूल्य २ करोड ४० लाख रुपैयाँ तोकिएको छ । यसमा ३ वर्ष वा ६० हजार किलोमिटर सम्मको वारेन्टी प्रदान गरिएको छ । जीओ फोर्डले थाइल्यान्डबाट सो गाडी नेपाल भित्र्याएको हो ।

सम्बन्धित समाचारहरू

अफरोड एसयूभी फोर्स गुर्खा अब ९ सिटरमा आउने

अफरोड एसयूभी फोर्स गुर्खा अब ९ सिटरमा आउने

फोर्स गुर्खा अफरोड एसयूभी अतिरिक्त स्पेस सहितको ९ सिटर मोडल परीक्षण...

यो हो फोर्डको अन्तिम इकोस्पोर्ट, चेन्नई प्लान्टबाट रोलआउट

यो हो फोर्डको अन्तिम इकोस्पोर्ट, चेन्नई प्लान्टबाट रोलआउट

इकोस्पोर्ट एसयूभीको अन्तिम युनिट फोर्ड इन्डियाको चेन्नई उत्पादन...

फोर्डका आकाश गोल्छा भन्छन्, ‘सर्भिस र स्पेयर पार्ट्समा समस्या आउन दिने छैनौ’

फोर्डका आकाश गोल्छा भन्छन्, ‘सर्भिस र स्पेयर पार्ट्समा समस्या आउन दिने छैनौ’

काठमाडौं – फोर्डले भारत छाड्ने निर्णय गरेपछि पहिलोपटक नेपालस्थित...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...