राजस्व योगदानमा तेस्रो, आयातमा भने १० नम्बरमा पनि परेन, उछिन्यो इलेक्ट्रिकले
सरकारका लागि आवश्यक राजस्व उपलब्ध गराउनका अग्रणी मानिने अटोमोबाइल...
बीवाईडीले सवारी साधनका लागि अझै राम्रो रेन्ज पर्फमेन्स दिने ब्लेड ब्याट्रीको नेक्स्ट जेनेरेसन अर्को वर्ष लन्च गर्ने भएको छ ।
बीवाईडी सेन्ट्रल एसियाका म्यानेजिङ डाइरेक्टर काओ शुआङले हालै अजरबैजानको बाकुमा चलिरहेको युएन फ्रेमवर्क कन्भेन्सन अन क्लाइमेट चेन्ज सम्पन्न भए पश्चात चाइनिज सरकारी सञ्चार माध्यम सीजीटीएनसँगको अन्तर्वार्तामा सो कुरा बताएका हुन् । उनले सन् २०२५ मा सो ब्याट्री उपलब्ध हुने बताएका छन् ।
गत नोभेम्बर २२ मा प्रसारित अन्तर्वार्तामा उनले सो ब्याट्रीका कारण गाडीको रेन्ज अर्थात ड्राइभिङ डिस्टेन्स बढ्नुका साथै ब्याट्रीको आफ्नै लाइफ साइकल समेत बढ्ने बताए ।
गाडीमा प्रयोग गरिए पश्चात सो गाडीलाई इनर्जी स्टोरेज लगायतका अन्य एप्लिकेसनमा समेत प्रयोग गर्न सकिने उनको भनाइ छ ।
बीवाईडीले सबैभन्दा पहिले सन् २०२० मार्चमा फर्स्ट जेन ब्लेड ब्याट्री सार्वजनिक गरेको थियो । सो ब्याट्री लिथियम आइरन फस्फेट रसायनमा आधारित छ र यसले सेफ्टीमा जोड दिएको छ । हाल बीवाईडीका सबै मोडलमा यही ब्याट्री प्रयोग भइरहेको छ ।
हाल पावर ब्याट्री सेल उत्पादनको क्षेत्रमा बीवाईडी विश्वमै दोस्रो नम्बरमा पर्छ र केही वर्ष यता देखि नै सो ब्याट्री अपडेट गरिएको छैन ।
यद्यपि यसको वारेमा विस्तृत जानकारी भने सार्वजनिक भएको छैन । आगामी दिनमा यसको वारेमा अन्य थप समाचार समेत सार्वजनिक हुने नै छन् ।
बीवाईडीको ब्लेड ब्याट्री बीवाईडीका गाडीमा मात्र नभई टेस्ला, टोयोटा, फोर्ड, किया र हुन्डाई लगायतका ईभीमा समेत प्रयोग भएका छन् ।
सरकारका लागि आवश्यक राजस्व उपलब्ध गराउनका अग्रणी मानिने अटोमोबाइल...
काठमाडौं– काठमाडौं महानगरपालिकाले सवारी साधनमा प्रयोग हुने ब्याट्री...
काठमाडौं – नेपालमा केवाईसी, किङलङ, नेटा, दायुन, रिडारा, एक्सपेङ, जीएसी,...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...