ब्याट्री व्यवस्थापनमा काठमाडौं महानगरको चासो, माग्यो जानकारी

काठमाडौं– काठमाडौं महानगरपालिकाले सवारी साधनमा प्रयोग हुने ब्याट्री व्यवस्थापनका लागि अपनाइएको विधि, प्रक्रिया र विसर्जनबारे जानकारी माग गरेको छ ।

महानगरले एक सुचना जारी गर्दै महानगर पालिकाभित्र कार्य क्षेत्र भएका सवारी साधनमा प्रयोग हुने ब्याट्रीका आयातकर्ता, विक्रेता तथा प्रयोगकर्ताहरूले आफ्नो दायित्वमा रहेका काम नलाग्ने अवस्थाका ब्याट्रीहरूको सङ्कलन, भण्डारण, पुनःप्रयोग र अन्तिम बिसर्जनको विधि प्रक्रिया सम्बन्धी विवरण महानगरपालिका वातावरण व्यवस्थापन विभागमा उपलब्ध गराउन माग गरेको हो ।

महानगरका अनुसार सवारी साधनमा प्रयोग पश्चात् काम नलाग्ने अवस्थाका ब्याट्रीहरूबाट निस्कने ठोस तथा तरल पदार्थ र ग्याँसले बातावरणीय अवस्थामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा नकारात्मक प्रभाव पुर्याउँदै आएको छ ।

काठमाडौं महानगरपालिका बाताबरण तथा प्राकृतिक संरक्षण ऐन, २०७७ को परिच्छेद ७ को दफा ५१ मा फोहर व्यवस्थापनको दायित्व सम्बन्धी व्यवस्था छ । यसमा उल्लेख भएका दायित्व पूरा नगर्नेहरूलाई सोही ऐनको दफा ५२ बमोजिम कानुनी सजाय तथा कारबाही हुने महानगरपालिकाले चेतावनी दिएको छ ।

सम्बन्धित समाचारहरू

लिथियम ब्याट्री कारखानामा आगलाागी हुँदा ३५ हजार ब्याट्री जलेर नष्ट, २० जनाको मृत्यु

लिथियम ब्याट्री कारखानामा आगलाागी हुँदा ३५ हजार ब्याट्री जलेर नष्ट, २० जनाको मृत्यु

दक्षिण कोरियास्थित एउटा ब्याट्री कारखानामा भीषण आगलागी हुँदा ३५ हजार...

भारतले बनायो सुपर-फास्ट सोडियम-आयाेन ब्याट्री, चीनको लिथियम प्रभुत्वलाई चुनौती

भारतले बनायो सुपर-फास्ट सोडियम-आयाेन ब्याट्री, चीनको लिथियम प्रभुत्वलाई चुनौती

भारतले लिथियममा चीनको निर्भरता घटाउने दिशामा ठूलो सफलता पाएको छ।...

सामसुङले ल्यायो २० वर्षसम्म चल्ने नयाँ सोलिड स्टेट ब्याट्री, रेन्ज ९६५ किलोमिटर

सामसुङले ल्यायो २० वर्षसम्म चल्ने नयाँ सोलिड स्टेट ब्याट्री, रेन्ज ९६५ किलोमिटर

टेक जायन्ट कम्पनी सामसुङले नयाँ सोलिड स्टेट ब्याट्री सार्बजनिक गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...