राजस्व योगदानमा तेस्रो, आयातमा भने १० नम्बरमा पनि परेन, उछिन्यो इलेक्ट्रिकले

सरकारका लागि आवश्यक राजस्व उपलब्ध गराउनका अग्रणी मानिने अटोमोबाइल क्षेत्रको आयात भने निकै नै कम भएको छ । हालै सार्वजनिक भएको भन्सार विभागको तथ्यांकले सो देखाएको हो ।

यस अनुसार भन्सार राजस्वमा अटोमोबाइल अन्तर्गत पेट्रोल/डिजेलबाट चल्ने जिप, कार र भ्यानको आयात निकै नै कम छ, यद्यपि राजस्वमा भने यसको योगदान तेस्रो रहेको छ ।

चालू आर्थिक वर्ष २०८०/०८१ को पहिलो छ महिनामा यस्ता जिप, कार र भ्यानको आयात दशौँ स्थानमा पनि पर्न सकेको छैन । यद्यपि अघिल्लो आर्थिक वर्ष २०७९/०८० को तुलनामा जिप, कार र भ्यानहरूबाट राजस्व भने दोब्बरभन्दा बढीले वृद्धि भएको छ ।

भन्सार विभागका अनुसार अघिल्लो वर्षको पहिलो छ महिनामा पेट्रोल/डिजेलबाट चल्ने जिप, कार र भ्यानहरूको आयातबाट तीन अर्ब २३ करोड रुपैयाँ राजस्व संकलन भएकामा चालू आवको सोही अवधिमा दोब्बरभन्दा धेरै अर्थात् सात अर्ब ५४ करोड रुपैयाँ भन्सार राजस्व संकलन भएको छ ।

घरजग्गा, सेयर तथा अन्य व्यवसायमा चरम मन्दीको अवस्थाले गर्दा मानिसको आयस्रोत खुम्चिन पुग्दा गाडी खरिदको माग अत्यन्त न्यून हुनगएको हो । सोही कारण अहिले गाडीको माग कम हुँदा भन्सारबाट न्यून संख्यामा मात्र गाडी भित्रिरहेको छ ।

व्यवसायीहरूले भन्सार यार्डमा ल्याएर गाडी राख्ने र भन्सार छुटाउन प्रयास नगरेको कारण सरकारले छ महिनाभित्रमा भन्सार जाँचपास नगरेमा अन्य वस्तुको साथै गाडी पनि लिलाम गर्ने जनाऊ दिएको छ । चालू आवमा सरकारी निकायमा नयाँ गाडी खरिद गर्नका लागि बजेट नै विनियोजन नगरिएको कारण अवधि नघाएर भन्सार जाँचपास नगरी यार्डमा राखिएका गाडीहरू सरकारले प्रक्रिया पूरा गरेर आफैँले प्रयोग गर्ने तयारी गरेको छ ।

आइतबार भन्सार विभागमा आयोजित कार्यक्रममा महानिर्देशक शोभाकन्त पौडेलले यसवर्ष सरकारले नयाँ गाडी खरिद गर्न बजेट नै विनियोजन नगरेको कारण अवधिभन्दा बढी समय भन्सार यार्डमा राखिएका गाडीहरू सरकारले नै लिलाम गरेर चढ्न सक्ने समेत बताए ।

यस्तै, भन्सार राजस्वमा पहिलो र दोस्रो स्थान ओगटेको क्रमशः डिजेल र पेट्रोलको आयात भने नेपालमा आयात हुने १० प्रमुख वस्तुको पनि पहिलो र दोस्रो स्थानमै रहेको छ ।

भन्सार विभागले डिजेललाई पहिलो, पेट्रोललाई दोस्रो, एलपी ग्यासलाई तेस्रो, एचआरसिटलाई चौथो, शुद्ध फलामलाई पाँचौँ, तयारी कपडालाई छैटौँ, मोबाइल टेलिफोनलाई सातौँ, अन्य एलोपेथिक औषधिलाई आठौँ, विद्युतबाट सञ्चालित जिप, कार र भ्यानहरूलाई नवौँ र सुनलाई दशौं स्थानमा राखेर आयात हुने प्रमुख १० वस्तु भनेको छ ।

तर, राजस्व संकलनमा योगदान गर्ने १० वस्तुमा ती सबै वस्तुहरू भने पर्दैनन् । भन्सार विभागका अनुसार राजस्व संकलनमा प्रमुख १० स्थानमा रहेका वस्तुहरूमा क्रमशः डिजेल, पेट्रोल, डिजेल/पेट्रोलबाट चल्ने जिप, कार र भ्यानहरू, तयारी कपडा, विद्युतबाट सञ्चालित जिप, कार र भ्यानहरू, एलपी ग्यास, मोटरसाइकल (अन एसेम्बल्ड), मोटरसाइकल, एचआरसिट र मोबाइल टेलिफोन छन् ।

सम्बन्धित समाचारहरू

ग्रेटवाल गाडीको खरिदमा ७ लासम्म फाइदा, ओरा–०३ किन्दा ७ किलोवाटको चार्जर निशुल्क

ग्रेटवाल गाडीको खरिदमा ७ लासम्म फाइदा, ओरा–०३ किन्दा ७ किलोवाटको चार्जर निशुल्क

काठमाडौं– ग्रेटवाल गाडीको नेपालका लागि आधिकारिक वितरक भीजी इम्पेक्स...

जिनपेङ ईभीको नेपालमा शानदार इन्ट्रि, नाडा अटो शोमा १०२ युनिट बुकिङ

जिनपेङ ईभीको नेपालमा शानदार इन्ट्रि, नाडा अटो शोमा १०२ युनिट बुकिङ

काठमाडौं–जिनपेङको सानो र स्मार्ट कारले नेपाल भित्रिएको सुरुवाती समयमै...

फेरारी सीईओले भने – फेरारीका इलेक्ट्रिक कारमा विशेष प्रकारको फेरारी साउन्ड हुनेछ

फेरारी सीईओले भने – फेरारीका इलेक्ट्रिक कारमा विशेष प्रकारको फेरारी साउन्ड हुनेछ

विश्व प्रसिद्ध कार निर्माता कम्पनी फेरारीले सन् २०२५ मा कम्पनीको पहिलो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...