फुल चार्जमा ५२६ किलोमिटर रेन्ज र बासको विकल्पसहित भारतमा किया साइरोस ईभी लन्च
कियाले भारतमा आफ्नो दोस्रो इलेक्ट्रिक कार किया साइरोस ईभी १३ लाख ४९ हजार...
जारी फिफा विश्वकपमा साउदी अरवले अर्जेन्टिनालाई हराएपछि साउदीका राजकुमार मोहम्मद बिन सलमानले टिमका सबै खेलाडीलाई रोल्स रोयस फेन्टोम कार दिने घोषणा गरेको समचार झुट सावित भएको छ ।
एरी न्युज नामक एक भेरिफाइड ट्विट एकाउन्टबाट उक्त समाचार पोस्ट गरिएपछि विश्वभर साउदी राजकुमारको यो कदमका विषयमा अनेकन अड्कलबाजी भइरहेका थिए ।
लाखौँ प्रयोगकर्ताले आफ्नो धारणाहरू राखेका थिए । अझै पनि त्यो क्रम रोकिएको छैन । ४ लाख ५० हजार डलरमाथि पर्ने उक्त कारको सत्यताका विषयमा एक पत्रकारले साउदी खेलाडीसँग जवाफ मागेका थिए ।
अरब न्यूज नामक एक वेवसाइटले समाचारको फ्याक्ट चेक गर्ने क्रममा यो असत्य भएको बताएको छ । समाचारअनुसार साउदी अरेबिया फुटबल टिमका एक खेलाडी सालेह अलशहरी र प्रशिक्षक हर्वे रेनार्डले पत्रकार सम्मेलनमा भाइरल भइरहेको समाचारको खण्डन समेत गरेका थिए । उनीहरुले यो समचारमा कुनै सत्यतता नरहेको बताएका हुन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...