यामाहाले विशेषगरी महिलाका लागि डिजाइन गरिएको नयाँ स्कुटर लन्च गर्ने तयारी गर्दै

यामाहा मोटर इन्डियाले नयाँ स्कुटर ल्याएको छ, साथै कम्पनीले आफ्नो लोकप्रिय फेसिनो १२५ स्कुटरमा नयाँ कलर विकल्प दिने तयारी गरिरहेको छ । रेट्रो स्टाइलिङ टु ह्विलर नयाँ सिल्भर–ग्रे ड्युअल टोन विकल्पमा देखिएको छ । साथै कम्पनीले २ वटा नयाँ इलेक्ट्रिक स्कुटर पनि पेश गरेको थियो ।

कम्पनीले नयाँ भेरिएन्टको मूल्य निर्धारण गरेको छैन, तद्यापि हालको ट्रिममा ड्युअल टोन थिमको मूल्य समान यसको मूल्य ८३ हजार १३० भारु भन्दा माथि हुने अनुमान गरिएको छ ।

नयाँ स्कुटरमा १२५ सीसीमा माइल्ड–हाइब्रिड सिस्टमबाट चलाउन मिल्ने एयर कुल्ड इन्जिन समावेश हुनेछ । सो इन्जिनले ६५०० आरपीएममा ८ बीएचपीको अधिकतम पावर र ५००० आरपीएममा १०.३ एनएमको टर्क जेनेरेट गर्छ । यामाहाले यसको पावरट्रेन समग्र दक्षता हाइब्रिड असिस्ट सिस्टमसँग जोडिएको दाबी गरेको छ ।

यामाहाले फेसिनोको घुमाउरो र आकर्षक डिजाइनका साथ महिलाहरूका लागि लक्षित गर्ने लक्ष्य राखेको छ । यो स्कुटरले सुजुकी एक्सेस १२५ र टीभीएस जुपिटर १२५ जस्ता स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ ।

यामाहाले हाललै २ वटा नयाँ इलेक्ट्रिक स्कुटर नियोज र ई०१ पेश गरेको छ । यद्यपि कम्पनीले यसको लन्चको बारेमा कुनै आधिकारिक जानकारी दिएको छैन ।

सम्बन्धित समाचारहरू

एक सातामै सोल्ड आउट भयो नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल, अर्को ब्याचका लागि प्रि-बुकिङ खुला

एक सातामै सोल्ड आउट भयो नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल, अर्को ब्याचका लागि प्रि-बुकिङ खुला

काठमाडौँ – यामाहा नेपालले हालै सार्वजनिक गरेको एफजेडएस एफआई हाइब्रिड...

नेपाल भित्रियो आर१५ एम : बुकिङ गर्न सकिने

नेपाल भित्रियो आर१५ एम : बुकिङ गर्न सकिने

काठमाडौं – नेपाली बजारमा यामाहाको नयाँ मोटरसाइकल आर१५ एम भित्रिएको छ ।...

एफआई प्रविधीका २ लाख बढी यामाहा वाइक नेपाली सडकमा

एफआई प्रविधीका २ लाख बढी यामाहा वाइक नेपाली सडकमा

नेपालमा यामाहाको फ्युल इन्जेक्सन(एफआई) प्रविधी जडित मोटरसाइकल तथा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...