इन्ट्रि लेभलको नयाँ इलेक्ट्रिक स्कुटर ल्याउँदै टीभीएस, मूल्य कति ?
टीभीएसले आफ्नो इलेक्ट्रिक टु–ह्विलर लाइनअपमा नयाँ स्कुटर थप्ने योजना...
टीभीएसले भारतीय बजारमा इलेक्ट्रिक स्कुटर टीभीएस आइक्युब एसको नयाँ भर्सन लन्च गरेको छ। कम्पनीले सो स्कुटरलाई ४.७ किलोवाट आवर क्षमताको लिथियम आयन ब्याट्री आईपी ६७ रेटिङसहित बजारमा ल्याएको हो । सो स्कुटर फुल चार्जमा १७५ किलोमिटरसम्म दुरी तय गर्न सक्ने कम्पनीको दाबी छ।
सो स्कुटरमा पोर्टेबल चार्जरको प्रयोग गर्दा ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब ४ घण्टा लाग्छ । स्कुटरले प्रतिघण्टा अधिकतम ८२ किलोमिटरको गति लिन सक्छ भने ० देखि ४० किलोमिटर प्रतिघण्टाको गति लिन केवल ४.३ सेकेन्ड मात्र लाग्छ। यसको अगाडिको भागमा डिस्क ब्रेक र पछाडिको भागमा ड्रम ब्रेक दिइएको छ।
स्कुटरमा १७.७८ सेन्टिमिटरको टीएफटी डिस्प्ले, नेभिगेसन, कल तथा सन्देश सूचना, एन्टी थेफ्ट अलर्ट, क्रयास तथा फल्स अलर्टजस्ता ११८ भन्दा बढी स्मार्ट फिचर उपलब्ध गराएको छ । साथै, यसले एलेक्सा भ्वाइस असिस्टलाई पनि समर्थन गर्ने भएकाले बोलेर नै आदेश दिन सकिन्छ। पार्किङलाई सहज बनाउन स्कुटरमा रिभर्स मोडको सुविधा पनि राखिएको छ ।
सो स्कुटरको सिटमुनि ३२ लिटर क्षमताको स्टोरेज स्पेस दिइएको छ, जहाँ सजिलै दुईवटा हेल्मेट राख्न सकिन्छ। साथै, यूएसबी चार्जिङ पोर्टको सुविधा पनि उपलब्ध छ। सो स्कुटर कुल ३ नयाँ रङमा उपलब्ध हुनेछ। कम्पनीले ब्याट्रीमा ५० हजार किलोमिटरसम्मको मानक वारेन्टी पनि प्रदान गर्ने जनाएको छ।
कम्पनीले नयाँ टीभीएस आइक्युब एसको मूल्य भारतीय १ लाख ३७ हजार १४२ भारु निर्धारण गरेको छ।
टीभीएसले आफ्नो इलेक्ट्रिक टु–ह्विलर लाइनअपमा नयाँ स्कुटर थप्ने योजना...
टिभिएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा...
टिभिएस मोटर्सले हिजो लन्च गरेको आइक्यूवको अपडेटेड मोडल यसअघिको रेगुलर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...