टीभीएस जुपिटर फेरि नेपालमा बिक्री शुरु हुँदै, १५ फर्स्ट–इन–क्लास र १४ बेस्ट–इन–क्लास फिचर हुने

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस जुपिटर स्कुटर पुनः बिक्री गर्ने भएको छ । पहिले ११० सीसीमा उपलब्ध सो स्कुटर अब ११३ सीसीमा उपलब्ध हुनेछ भने यसमा १५ फर्स्ट–इन–क्लास र १४ बेस्ट–इन–क्लास फिचर हुनेछन् ।

केही वर्ष पहिले यो स्कुटर नेपाली बजारमा बिक्री भए पनि बिचमा बन्द गरिएको थियो । तर अब परिमार्जित मोडल र फिचरका साथ सो स्कुटर उपलब्ध हुने भएको हो । यसको हाल परीक्षण भइरहेको र केही दिनभित्रै लन्च हुने कम्पनी स्रोतको भनाइ छ ।

बेस्ट–इन–क्लास फिचरको रुपमा टीभीएस जुपिटरमा युएसबी मोबाइल चार्जिङ, साइलेन्ट स्टार्ट, फ्रन्ट लेग स्पेस, फ्रन्ट २ लिटर ग्लोभबक्स, फाइन्ड माई भेइकल, भ्वाइस असिस्ट, ई–जेड सेन्टर स्ट्यान्ड, मेटल म्याक्स बडी, एलईडी हेडल्याम्प, कल अलर्ट, नेभिगेसन र एसबीटी सहितको डिस्क ब्रेक लगायतका फिचर छन् ।

त्यसैगरी फर्स्ट–इन–क्लास फिचरको रुपमा डलब हेल्मेट स्पेस, आईजीओ असिस्ट, डिस्टेन्स टु एम्प्टी, हाजार्ड ल्याम्प्स, इमर्जेन्सी ब्रेक वार्निङ, फुल्ली डिजिटल कन्सोल, फ्रन्ट फ्युल फिल, एभरेज फ्युल इकोनोमी, इन्फिनिटी ल्याम्प्स, फलो मी हेडल्याम्प, रियल टाइम फ्युल इकोनोमी, बडी ब्यालेन्स टेक्नोलोजी, पियानो ब्ल्याक फिनिस र सबैभन्दा लामो सिट लगायतका फिचर छन् ।

पहिलेको जुपिटरको तुलनामा नयाँ जुपिटरमा अपडेटेड इन्जिनका साथै सेफ्टी र अन्य धेरै फिचर थपिएका हुन् । यसको डिजाइन नै पहिले भन्दा फरक छ । पहिलेको परम्परागत डिजाइनको तुलनामा नयाँ जुपिटर स्कुटरमा स्लिक एलईडी बार सहितको डिजाइन छ । त्यसैगरी नयाँ कलर अप्सनका साथै स्टोरेजका लागि फ्युल ट्यांकी पनि फ्लोरबोर्डसँगै राखिएको छ ।

फोन कनेक्टिभिटी, नेभिगेसन र भ्वाइस कमान्डका साथै ३३ लिटरको बुट स्पेस, युएसबी चार्जरलगायतका फर्स्ट–इन–क्लास र बेस्ट–इन–क्लास फिचरले यसलाई फरक बनाएको छ ।

पहिले ११० सीसी इन्जिन रहेकोमा अब यसमा ११३ सीसीको इन्जिन हुनेछ । सो इन्जिनले ८ बीएचपी पावर र ९.२ एनएम टर्क जेनेरेट गर्छ । सीभीटी गियरबक्सयुक्त सो स्कुटरलाई हल्का बनाउनका लागि विभिन्न हलुका मेटरियल र पोलिमरको प्रयोग गरिएको छ ।

जगदम्बा मोटर्सले टीभीएस जुपिटर स्कुटरको बिक्री–वितरणका लागि आवश्यक तयारी गरिरहेको बताएको छ । सम्भवतः मार्च महिनामा यसको बिक्री–वितरण प्रारम्भ हुनेछ ।

सम्बन्धित समाचारहरू

नयाँ डीआरएल सहित अपडेट भएर आयो टीभीएस अपाचे आरटीआर १६० ४भी

नयाँ डीआरएल सहित अपडेट भएर आयो टीभीएस अपाचे आरटीआर १६० ४भी

टीभीएसले भारतीय बजारमा २०२२ अपाचे आरटीआर १६०आर ४भीे बाइक लन्च गरेको छ ।...

धेरै माइलेज दिने बाइकको खोजी : पाँच ब्रान्डका १२५ सीसी मोटरसाइकलको यस्तो छ माइलेज र मूल्य

धेरै माइलेज दिने बाइकको खोजी : पाँच ब्रान्डका १२५ सीसी मोटरसाइकलको यस्तो छ माइलेज र मूल्य

पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ पुगेपछि निजी सवारी प्रयोगकर्ता...

२५ प्रतिशत डाउनपेमेन्ट अफर गर्दा पनि छैनन् मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहक

२५ प्रतिशत डाउनपेमेन्ट अफर गर्दा पनि छैनन् मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहक

वैंक तथा वित्तीय संस्थामा तरलता अभाव चर्किएसँगै ओरालो लागेको टु ह्विलर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...