उपत्यकामा अब ३४ चोकमा ट्राफिक लाइट, थपिए जय नेपाल र नक्साल भगवतीमा नयाँ ट्राफिक लाइट

काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउदै आजबाट जय नेपाल र नक्साल भगवतीबहालमा नयाँ ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याएको छ । महाशाखाले जय नेपाल चोकमा का.म.न.पा. – १ र नक्साल भगवतीमा कुमारी बैंकसँग समन्वय गरी नयाँ ट्राफिक लाइट जडान गरेको हो ।

नयाँ जडान गरिएको जय नेपाल चोकको ट्राफिक लाइट महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र का.म.न.पा. वडा नं – १ का वडाअध्यक्ष भरत लाल श्रेष्ठले स्वीच अन गरी संयुक्त रूपमा उद्घाटन गरेका हुन भने नक्साल भगवतीको ट्राफिक लाइट महाशाखा प्रमुख भट्टराई र कुमारी वैङ्कका चिफ अपरेसन अफिसर राम चन्द्र खनालले गरेका हुन् ।

उक्त उद्घाटन कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले काठमाडौं उपत्यकामा भइरहेको सवारी चाप, सवारी दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिइदै आएको बताए ।

कार्यक्रममा बोल्दै कामनपा – १ का वडा अध्यक्ष भरत लाल श्रेष्ठले ट्राफिक लाइटको प्रयोगले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा महत्वपुर्ण भूमिका खेल्ने बताए । पछिल्लो समय महाशाखाले प्रविधिलाई जोड दिदै ट्राफिक लाइट जडानमा खेलेको भूमिकाको समेत प्रशंसा गरे ।

त्यस्तै, कुमारी बैंकका चिफ अपरेसन अफिसर रामचन्द्र खनालले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै आम सेवाग्राहीलाई प्रत्यक्ष लाभ हुने र दैनिक सडक प्रयोगमा हुने समस्यालाई ट्राफिक लाइटले सहयोगी भूमिका खेल्ने र आगामी दिनहरुमा समेत ट्राफिक महाशाखासँग अझै सहकार्य गर्दै जाने बताए ।

महाशाखाले हालसम्म उपत्यकाको मुख्य मुख्य ३४ वटा चोकहरुमा ट्राफिक लाइटबाट ट्राफिक व्यवस्थापन गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

इम्बोस्ड नम्बर प्लेट नराख्ने सवारी साधनलाई साउन देखि कारवाही गरिने (सूचना सहित)

इम्बोस्ड नम्बर प्लेट नराख्ने सवारी साधनलाई साउन देखि कारवाही गरिने (सूचना सहित)

काठमाडौं – बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनले असार मसान्त...

महानगरपालिकाले ल्याउने भयो २० तलासम्म लागेको आगो निभाउने दमकल

महानगरपालिकाले ल्याउने भयो २० तलासम्म लागेको आगो निभाउने दमकल

काठमाडौँ महानगरपालिकाले २० तलासम्म लागेको आगो निभाउने र साँघुरा सडकमा पनि...

म्याक्स भर्सटापेन बने इमिलिया रोमान्गा ग्रांपी विजेता

म्याक्स भर्सटापेन बने इमिलिया रोमान्गा ग्रांपी विजेता

इमिलियामा अप्रिल २४ मा भएको फर्मुला वान रेस अर्थात ग्रान्ड प्रिक्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...