नेभिगेसन र राइडिङ मोडसहित नयाँ पल्सर एन१६० एस र एन१६० एसएस सार्वजनिक

बजाज अटोले भारतीय बजारमा आफ्ना दुई नयाँ बाइक पल्सर एन१६० एस र एन१६० एसएस सार्वजनिक गरेको छ । नयाँ ४–भल्भ इन्जिनसहित आएका यी मोडलहरूलाई कम्पनीले हाल बिक्रीमा रहेको स्ट्यान्डर्ड एन १६० सँगै निरन्तरता दिने भएको छ । बाइकको मूल्य क्रमशः १ लाख ३३ हजार ५११ र १ लाख ४२ हजार ५८५ भारु निर्धारण गरिएको छ ।

यी नयाँ मोडलमा १६५ सीसी, ४–भल्भ, ओयल–कुल्ड, सिंगल–सिलिन्डर इन्जिन जडान गरिएको छ जसले ९,५०० आरपीएममा १८ बीएचपी पावर र ८,००० आरपीएममा १४.४ एनएम टर्क जेनेरेट गर्दछ । ५–स्पीड गियरबक्ससँग जोडिएको यो इन्जिनले बाइकलाई मात्र ४.५ सेकेन्डमा ० देखि ६० किमी प्रति घण्टाको गति लिन सक्षम बनाउँछ ।

यी बाइकमा नयाँ इन्टेलिजेन्ट थ्रोटलका साथै रोड, रेन, स्पोर्ट र अफ–रोड गरी चार वटा राइडिङ मोडहरू उपलब्ध गराइएको छ । यसबाहेक बजाजको नयाँ क्रल प्रविधिले गर्दा गियर नफेरी वा क्लच नथिची नै उच्च गियरमा पनि बाइकलाई कम गतिमा चलाउन सकिन्छ ।

सस्पेन्सनका लागि अगाडि ३७ मिमीको अपसाइड–डाउन फ्रन्ट फोर्क र पछाडि मोनोशक दिइएको छ भने ब्रेकिङका लागि अगाडि ३०० मिमी र पछाडि २३० मिमीको डिस्क ब्रेक राखिएको छ । डिजाइनका हिसाबले बाइकमा खासै ठूलो परिवर्तन गरिएको छैन । यसमा प्रोजेक्टर एलइडी हेडल्याम्प, गोल्डेन फिनिस फोर्क र नयाँ एलोय ह्विल समावेश गरिएका छन् ।

फिचरका आधारमा दुवै भेरियन्टलाई छुट्याइएको छ । पल्सर एन१६० एसमा ब्लुटुथ कनेक्टिभिटी, टर्न–बाई–टर्न नेभिगेसनसहितको एलसीडी डिस्प्ले र सिंगल–च्यानल एबीएस दिइएको छ । अर्कोतर्फ एन१६० एसएस मोडलमा भने वाईफाई कनेक्टिभिटी, गुगल म्याप्स, ट्रयाक्सन कन्ट्रोल, डुअल–च्यानल एबीएस र एड्जस्टेबल लिभरसहितको आधुनिक टीएफटी डिस्प्ले उपलब्ध गराइएको छ ।

बजाजका यी नयाँ मोटरसाइकल अवको केहि समयपछि नेपाली बजारमा समेत उपलब्ध हुनेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...