अपाचे सिरिजका मोटरसाइकल र एनटर्क स्कुटर लगायत टीभीएसका धेरै मोडलको बढ्यो मूल्य

काठमाडौं – नेपाली बजारमा उपलब्ध टीभीएस मोटरसाइकल तथा स्कुटरको मूल्य बढेको छ । टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले हिजो देखि लागू हुने गरी मूल्य वृद्धि गरेको हो ।

नयाँ मूल्य सूची अनुसार सबैभन्दा बढी मूल्य टीभीएस अपाचे आरटीआर १६० फोरभी आरडी रिफ्रेस र टीभीएस एक्सएल १०० को मूल्य १० हजार रुपैयाँले बढेको छ । यी मोडलको मूल्य क्रमशः ३ लाख १८ हजार ९ सय र १ लाख ३८ हजार ९ सय रुपैयाँ पुगेको छ ।

त्यसैगरी अपाचे आरटीआर २०० फोरभी एफआई बीएस६ को मूल्य ६ हजार रुपैयाँले बढेर ३ लाख ९६ हजार ९ सय रुपैयाँ पुगेको छ । अपाचे आरटीआर २०० फोरभी एबीएसको मूल्य ५ हजार रुपैयाँले बढेर ३ लाख ६७ हजार ९ सय रुपैयाँ पुगेको छ ।

अन्य केही मोडलहरुमा १ हजार देखि ४ हजार रुपैयाँ सम्मको दरमा मूल्य वृद्धि गरिएको छ । त्यसैगरी हालै नेपाली बजारमा भित्रिएको रेडर र अन्य केही मोडलमा पनि उही मूल्य कायम छ । नेपाली बजारमा सबैभन्दा महंगो मोडल अपाचे आरआर ३१० को मूल्य बढेको छैन । यसको मूल्य ७ लाख ९९ हजार ९ सय रुपैयाँ नै कायम छ ।

नेपाली बजारमा उपलब्ध टीभीएसका मोटरसाइकल तथा स्कुटर र नयाँ मूल्य सूची यस प्रकार छ :

सम्बन्धित समाचारहरू

यस्तो छ नेपाल आउने तयारीमा रहेको टीभीएस रोनिन, मूल्य कती ?

यस्तो छ नेपाल आउने तयारीमा रहेको टीभीएस रोनिन, मूल्य कती ?

टीभीएसले केही समयअघि लन्च गरेको मोडर्न रेट्रो मोटरसाइकल रोनिन नेपाल आउने...

टीभीएस एनटर्क १२५ रेस एडिसन अब नयाँ मरिन ब्लु कलरमा उपलब्ध

टीभीएस एनटर्क १२५ रेस एडिसन अब नयाँ मरिन ब्लु कलरमा उपलब्ध

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस...

प्रोटोन गाडी किन्नेलाई अवसर : विशेष ०.९९ प्रतिशतमै प्रोटोनका गाडी पाइने

प्रोटोन गाडी किन्नेलाई अवसर : विशेष ०.९९ प्रतिशतमै प्रोटोनका गाडी पाइने

काठमाडौं – प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...