यस्तो बन्यो पदाधिकारी सहितको नयाँ नाडा टिम

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आज सम्पन्न निर्वाचनमार्फत नयाँ पदाधिकारी सहितको टिम बनेको छ । यस अनुसार महासचिवमा सुरेन्द्र कुमार उप्रेती र कोषाध्यक्षमा मिलनबाबु मल्ल निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी दुई जना सदस्य पदका लागि भएको निर्वाचनमार्फत एक पदमा राजनबाबु श्रेष्ठ तथा अर्को पदमा सुनिल रिजाल र निराकार श्रेष्ठले समान मत पाए पछि एक एक कार्यकाल उपाध्यक्ष रहने भएका छन् ।

प्रदेशतर्फको उपाध्यक्षमा सुवास आचार्य र मोहनबाबु खड्का निर्वाचित भएका छन् । त्यस्तै सचिव पदमा विक्रम सिंघानिया र सहकोषध्यक्षमा पंकज अग्रवाल विजयी भएका छन् ।

यो भन्दा पहिले आज बसेको नयाँ कार्यसमितिको पहिलो बैठकबाट अध्यक्ष ध्रुव थापाले ३ नयाँ सदस्य मनोनित गरेका छन् । मनोनित हुने नयाँ सदस्यहरुमा टीभीएस बाइकको वितरक जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक अग्रवाल, बजाज बाइकको वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीका निर्देशक अभिभन्यु गोल्छा, र होन्डा मोटरसाइकलको वितरक स्याकार ट्रेडिङ कम्पनीका महाप्रबन्धक सोहन श्रेष्ठ रहेका छन् ।

त्यसैगरी सदस्यहरु आकाश गोल्छा, प्रकाश कपुरी, अभिक ज्योति, अनुपकुमार बराल, कपिल शिवाकोटी, निलमणी पाठक, प्रदिपमान प्रधान, यमुना श्रेष्ठ, बरदान बस्नेत र गोपाल भट्टराई तथा आमन्त्रित सदस्यमा निशान ढकाल र अमृत जोशी छन् ।

संस्थागत सदस्यहरुमा प्रदेश २ अन्तर्गत जानकी अटोमोवाइल्स एसोसिएसन अफ नेपालबाट तेजनारायण साह, बागमती प्रदेश अन्तर्गत हेटौडा अटोमोवाइल्स एसोसिएसनबाट सुदेशकुमार श्रेष्ठ, लुम्बिनी प्रदेश अन्तर्गत लुम्बिनी अटोमोवाइल्स एसोसिएसन अफ नेपालबाट गणेश भट्टराई, कर्णाली प्रदेश अन्तर्गत कर्णाली अटोमोवाइल्स एसोसिएसन नेपालबाट भद्र भण्डारी र सुदूर पश्चिम प्रदेश अन्तर्गत सुदूर पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एसिएसनबाट पुष्कर ओझा रहेका छन् ।

नाडाको विधान अनुसार अध्यक्ष बाहेक १७ जना निर्वाचित सदस्य, प्रदेशबाट ७ जना, ३ जना अध्यक्षबाट मनोनित र निवर्तमान अध्यक्ष स्वतः कार्यसमिति सदस्य रहने प्रावधान रहेको छ । २९ जनाको कार्यसमितिबाट एक जना अध्यक्ष, ४ जना उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष एकएक जना गरी कुल ९ जनाको पदाधिकारी टिम बनेको हो ।

गत मंसिर २३ गते सम्पन्न साधारण सभा तथा अधिवेशनबाट ध्रुव थापाको अध्यक्षतामा नयाँ कार्यसमिति बनेको थियो ।

सम्बन्धित समाचारहरू

नाडा कार्यसमितिको पहिलो बैठक आज, पदाधिकारी चयन हुने

नाडा कार्यसमितिको पहिलो बैठक आज, पदाधिकारी चयन हुने

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालमा हालै निर्वाचित नयाँ...

भाद्र २४ मा नाडाको विशेष साधारण सभा हुने, नाडा अब महासंघ बन्ने

भाद्र २४ मा नाडाको विशेष साधारण सभा हुने, नाडा अब महासंघ बन्ने

काठमाडौं – आगामी भाद्र २४ गते नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको विशेष...

एफएनसीसीआईको कार्यकारिणी सदस्यमा नाडाका पूर्व अध्यक्ष कृष्ण दुलाल मनोनीत

एफएनसीसीआईको कार्यकारिणी सदस्यमा नाडाका पूर्व अध्यक्ष कृष्ण दुलाल मनोनीत

काठमाडौं –  नेपाल उद्योग वाणिज्य महासंघ (एफएसीसीआई) को कार्यकारिणी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...