सेमी–सोलिड स्टेट ब्याट्री भएको विश्वकै पहिलो ‘मास मार्केट’ ईभी बन्दै नयाँ एमजी४

एमजीले आफ्नो लोकप्रिय इलेक्ट्रिक ह्याचब्याक कार एमजी४ लाई नयाँ अवतारमा उतार्ने तयारी गरेको छ । कम्पनीले अगस्ट ५ मा प्रि–अर्डर खुल्ला गर्ने र आधिकारिक रूपमा सेप्टेम्बरमा लन्च गर्ने तयारी गरेको हो ।

नयाँ एमजी४ मा कम्पनीले पहिलोपटक सेमी–सोलिड स्टेट ब्याट्री उपलब्ध गराउने भएको छ । कम्पनीका ब्रान्ड जनरल म्यानेजरले बताए अनुसार नयाँ एमजी४ सेमी सोलिड स्टेट ब्याट्री जडान भएर आउने विश्वकै पहिलो मास मार्केट ईभी बन्नेछ ।

११ हजारदेखि १६ हजार डलरको विचमा लन्च हुने अनुमान गरिएको यस ईभी आकारको हिसाबले बीवाईडी डल्फिन र फक्सवागन आईडी३ भन्दा केही ठुलो हुनेछ । सेमी–सोलिड स्टेट ब्याट्रीका कारण यसको पवार तथा पर्फमेन्स र रेन्ज प्रतिस्पर्धी मोडलको तुलनमा धेरै नै बढी हुने अनुमान गरिएको छ ।

नयाँ एमजी४ मा ७० किलोवाट आवरको ब्याट्री प्याक तथा १२० किलोवाट क्षमताको रियर–मउन्टेड इलेक्ट्रिक मोटर जडान हुने जनाइएको छ । यस ईभीले सिंगल चार्जमा कति रेन्ज दिन्छ भन्ने विषयमा हालसम्म कुनै जानकारी सार्बजनिक गरेको छैन ।

कम्पनीका अनुसार कारमा फ्लोटिङ सेन्ट्रल टचस्क्रिन र आयताकार डिजिटल इन्स्ट्रयुमेन्ट प्यानल र टु स्पोक मल्टिफंक्शन स्टेयरिङ व्हिल उपलब्ध हुनेछ । साथै, यसमा इलेक्ट्रोनिक गियर सिफ्टर, वायरलेस फोन चार्जिङ प्याड, पावर समायोजन, हिटिङ एन्ड भेन्टिलेसनसहितको सिट समावेश गरिएको छ ।

नयाँ एमजी४ ले हाइवे नेभिगेट अन अटोपायलटसहित असिस्टेड ड्राइभिङ फिचरसमेत सपोर्ट गर्ने अनुमान गरिएपनि पूर्ण फिचरहरु सार्बजनिक गरिएको छैन । साथै, पावरट्रेन र अनुमानित मूल्यका विषयमा समेत कम्पनी मौन देखिएको छ ।

एमजी४ नेपाली बजारमा समेत उपलब्ध बिद्युतीय कार हो । चीनमा लन्च भएर अन्तराष्ट्रिय बजारमा समेत निर्यात हुन थालेपछि यसको नयाँ मोडल नेपाली बजारमा समेत उपलब्ध हुनेछ । नयाँ एमजी४ का लागि नेपाली ग्राहकले कम्तिमा २०२६ सम्म भने कुर्नुपर्ने देखिन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...