१५ दिनमै नयाँ एमजी४ ले पायो २६ हजार युनिट अर्डर, उत्पादन बृद्धि गर्ने घोषणा

एमजीले हालै लन्च गरेको नयाँ कार एमजी४ ले १५ दिनमै २६ हजार युनिट अर्डर प्राप्त गरेको छ । मासिक १५ हजार युनिट हाराहारी मात्रै बिक्री हुने अपेक्षा गरिएको सो कारमा अत्याधिक आकर्षण बढेपछि कम्पनीले उत्पादन बृद्धि गर्ने घोषणा समेत गरेको छ । उत्पादन बृद्धि गर्न कम्पनीले प्लान्टलाई तीन सिफ्टमा चलाउने घोषणा गरेको हो ।

सो नयाँ कार बुकिङ लिने ग्राहकले बढिमा ३९ दिनभित्र डेलिभरी पाइसक्ने र त्यसो नभएमा ढिलाई भएको हरेक दिनबापत ५० युवान क्षतिपूर्ती दिने जनाएको छ ।

एसएआईसीको ई३ आर्किटेक्चरमा निर्मित एमजी४ मा ४२.८ र ५३.९ किलोवाट आवर क्षमताको ब्याट्री प्याक पाउन सकिन्छ । एकपटकको सिंगल चार्जमा ५३० किलोमिटरसम्मको सिएलटीसी रेन्ज दिने यस ईभीलाई २० मिनेटमा ३० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

नयाँ एमजी४ को बाहिरी भागमा नयाँ प्रोजेक्टर हेडलाइटहरू, सेग्मेन्टेड हनीकोम्ब ग्रिल र सार्प फ्रन्ट कर्नरसहितको साइड एयर डक्ट तथा एमजीको उज्यालो लोगो पाउन सकिन्छ । यो कारको लम्बाइ ४३९५ मिमी, चौडाइ १८४२ मिमी र उचाइ १५५१ मिमी तथा ह्वीलबेस २७५० मिमी छ ।

कारको इन्टेरियरमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र सेन्ट्रल इन्फोटेनमेन्ट स्क्रिनको प्रभुत्व भएपनि केही बटनहरू समेत राखिएको छ । ट्रिम अनुसार यसमा १०.२५ इन्च, १२.८ इन्च १५.६ इन्चको डिस्प्ले पाउन सकिन्छ । क्वालकम स्न्यापड्रागन ८१५५ चिप जडान गरिएको यस ईभीमा एमजी एक्स र ओप्पो स्मार्ट जस्ता कनेक्टिभिटी सिस्टम प्रयोग गर्न सकिन्छ ।

नयाँ एमजी४ को टप स्पेक ट्रिममा १२ वटा अल्ट्रासोनिक रडार, चार वटा ३६०–डिग्री सराउन्ड भ्यू क्यामेरा र ८ मेगापिक्सेलको फ्रन्ट–फेसिङ क्यामेरा जस्ता फिचर दिइएको छ ।

५ वटा ट्रिममा उपलब्ध यस नयाँ कारको सुरुवाती मूल्य ९ हजार ५६० डलर निर्धारण गरिएको छ । जवकी सेमी सोलिड स्टेट ब्याट्री जडित ट्रिमलाई १४ हजार २९० अमेरिकी डलर पर्ने जनाइएको छ ।

सम्बन्धित समाचारहरू

भारतमा सार्वजनिक भयो बीवाईडी एट्टो३ इलेक्ट्रिक कार : नेपालमा आगामी शनिबार लन्च हुने

भारतमा सार्वजनिक भयो बीवाईडी एट्टो३ इलेक्ट्रिक कार : नेपालमा आगामी शनिबार लन्च हुने

प्रतिष्ठित चाइनिज ब्रान्ड बीवाईडीको नयाँ इलेक्ट्रिक कार एट्टो३ भारतमा आज...

एमजीले ल्यायो १३.५ मिटर लामो लक्जरी इन्टरसिटी कोच, के छ विशेषता ?

एमजीले ल्यायो १३.५ मिटर लामो लक्जरी इन्टरसिटी कोच, के छ विशेषता ?

बस र कोच निर्माता एमजी समूहले आफ्नो नयाँ टिग्रा प्रिमियम इन्टरसिटी कोच...

एमजीको सबै मोडलमा अब पिएम २.५ एयर फिल्टर

एमजीको सबै मोडलमा अब पिएम २.५ एयर फिल्टर

एमजी मोटर इन्डियाले आफ्ना सबै मोडलमा पिएम २.५ एयर फिल्टर र एयर प्युरिफायर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...