होन्डा कारमा मन्सुन अफर, ३० प्रतिशत डाउनपेमेन्ट र शून्य प्रतिशत व्याजदरको सुविधा
होन्डा गाडीको नेपालका लागी आधिकारिक वितरक स्याकर ट्रेडिङ कम्पनीले...
होन्डाले यो वर्ष होन्डा अमेजलाई नयाँ अवतारमा लन्च गर्ने तयारी गरिरहेको छ । होन्डाले आफ्नो सबैभन्दा सानो सेडान कार होन्डा अमेजमा ठूलो परिवर्तन गर्नेछ । नयाँ अमेजले मारुती डिजायर, हुन्डाई औरा र टाटा टिगोरसँग प्रतिस्पर्धा गर्नेछ ।
होन्डाले अमेज पहिलो पटक सन् २०१८ मा भारतीय बजारमा ल्याएको थियो । नयाँ प्लेटफर्मका कारण नयाँ अमेजको लम्बाइ ४ मिटर भन्दा कम हुने जानकारी दिइएको छ । सो कार विदेशमा बिक्री हुने होन्डा सेडान जस्तै हुने अनुमान गरिएको छ ।
सेकेन्ड जेनेरेशनको होन्डा अमेजको डिजाइन त्यस समयको होन्डाको पुरानो सेडान कार अकोर्डबाट प्रेरित छ । रिपोर्ट अनुसार होन्डा अमेजमा नयाँ क्याबिन र ठूलो र फ्री–स्ट्यान्डिङ टचस्क्रिन सेटअप हुने अपेक्षा गरिएको छ । यसमा एलिभेट र अन्य होन्डा कारमा जस्तै समान फिचर हुनेछ ।
नयाँ अमेज १.२ लिटर चार सिलिन्डर एस्पिरेटेड पेट्रोल इन्जिनमा लन्च गरिने छ । सो इन्जिनमा ५ स्पिड म्यानुअल वा सीभीटी अटोमेटिक गियरबक्स पनि उपलब्ध हुनेछ । सो कार पेट्रोल इन्जिनमा मात्र उपलब्ध हुनेछ ।
रिपोर्टका अनुसार होन्डाले आफ्नो नयाँ अमेज सनु २०२४ को दीपावली सिजन वरपर लन्च गर्न सक्ने अपेक्षा गरिएको छ ।
होन्डा गाडीको नेपालका लागी आधिकारिक वितरक स्याकर ट्रेडिङ कम्पनीले...
काठमाडौं – नेपालको दुईपांग्रे सवारी साधन बजारमा नयाँ राइडिङ अनुभूति...
होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले होन्डा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...