किया सोरेन्टो भारतमा लन्च हुँदै, प्रि बुकिङ सुरु
कियाले भारतीय बजारमा नयाँ प्रिमियम एसयूभी किया सोरेन्टो लन्च गर्ने तयारी...
काठमाडौं– कियाले आफ्नो लोकप्रिय एसयूभी सेल्टोसको दोस्रो पुस्ता डिसेम्वर १० मा सार्वजनिक गर्ने भएको छ । नयाँ मिडसाइज एसयूभी दक्षिण कोरियामा लन्च हुने र अर्को वर्ष भारतमा आउने अपेक्षा गरिएको छ ।
नयाँ पुस्ताको किया सेल्टोसको डिजाइन लगायत फिचरका बारेमा विभिन्न जानकारीहरु बाहिर आइरहेका छन् । हालै सार्वजनिक भएको स्पाई तस्विर अनुसार कारमा ठाडो एलईडी डीआरएलहरू सहितको नयाँ स्प्लिट एलईडी हेडल्याम्प सेटअप, त्रिकोणीय रियर क्वार्टर ग्लासको साथ रिभाइज्ड विन्डो लाइन, पुनः डिजाइन गरिएको ओआरभीएम र नयाँ डुअल–टोन अलोय ह्विल जस्ता फिचर उपलब्ध हुनेछ ।
हुन्डाई क्रेटाको प्रतिस्पर्धी सो नयाँ एसयूभीको इन्टेरियरमा नयाँ नयाँ ड्यासबोर्ड, फ्रेस अपहोल्स्ट्री र एडास सहित नयाँ सुविधाहरू हुने अपेक्षा गरिएको छ ।
नयाँ पुस्ताको सेल्टोसमा पेट्रोल–हाइब्रिड पावरट्रेन उपलब्ध हुने कियाले पुष्टि गरेको छ । यो हालको १.५ लिटर, ४–सिलिन्डर, प्राकृतिक रूपमा एस्पिरेटेड पेट्रोल इन्जिनमा आधारित हुने सम्भावना छ । नयाँ मोडलमा हालको १.५ लिटर टर्बो–पेट्रोल र डिजेल इन्जिनहरू पनि प्रस्ताव गरिने सम्भावना छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...