पोखरामा केई र फोर्थिङ ईभीको बिक्री सुरु, नयाँ सोरुम उद्घाटन

काठमाडौं– केई र फोर्थिङ ईभीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटीले पोखरामा नयाँ सोरुम उद्घाटन गरेको छ । नयाँ सोरुम सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो । सोरुम उद्घाटनसंगै पोखरामा केई र फरथिङ ब्रान्डका नयाँ ईभीको बिक्री सुरु भएको छ ।

उद्घाटन समारोहका अवसरमा कम्पनीले विशेष प्रमोसन प्याकेज सार्वजनिक गरेको छ । यसमा आकर्षक नगद सुविधा, बोस इलेक्ट्रोनिक अप्लायन्सेस, एक वर्षको निशुल्क अटो प्लस बीमा र रोड–ट्याक्स प्याकेज, साथै प्रत्येक बुकिङमा एक रातको स्टे–प्याकेज समेत समावेश गरिएको छ ।

लक्ष्मी ई–मोबिलिटीले आफ्नो नयाँ सोरुममार्फत पोखराका ग्राहकलाई आधुनिक र दिगो इलेक्ट्रिक सवारीसाधनहरूको उच्चस्तरीय खरिद अनुभव उपलब्ध गराउने लक्ष्य राखेको छ । कम्पनीको यस पहलले वातावरणमैत्री र दिगो यातायात प्रवद्र्धनमा आफ्नो प्रतिबद्धता पनि सुदृढ बनाएको छ ।

कम्पनीले देशभर ६३ भन्दा बढी चार्जिङ तथा रिपेयर स्टेशनको सञ्जाल विस्तार गरिसकेको छ । जसले ग्राहकलाई सहज चार्जिङ सुविधा र विश्वसनीय सेवा उपलब्ध गराउँदै नेपालको इभी पूर्वाधारलाई मजबुत बनाएको छ ।

पोखरामा नयाँ शो–रुमको उद्घाटनले बढ्दो ईभी मागलाई ध्यानमा राख्दै ग्राहकसँग थप नजिक पुग्ने अवसर प्रदान गरेको कम्पनीले जनाएको छ । लक्ष्मी ई–मोबिलिटीले सबै इच्छुक ग्राहकलाई नयाँ सुविधा अवलोकन गर्न र नेपालको इलेक्ट्रिक मोबिलिटीको नयाँ अध्याय अनुभव गर्न हार्दिक आमन्त्रण गरेको छ ।

सम्बन्धित समाचारहरू

केही दिन भित्रै अर्को इलेक्ट्रिक क्रसओभर जेवाई एयर सी५ अल्ट्रा नेपाल भित्रिदै

केही दिन भित्रै अर्को इलेक्ट्रिक क्रसओभर जेवाई एयर सी५ अल्ट्रा नेपाल भित्रिदै

नेपाली बजारमा नयाँ चिनियाँ इलेक्ट्रिक कार ब्रान्ड जुनयाओ भित्रिने भएको छ...

इलेक्ट्रिक कारमा प्रयोग हुने एसी चार्जिङ र डीसी चार्जिङमा कुन राम्रो ?

इलेक्ट्रिक कारमा प्रयोग हुने एसी चार्जिङ र डीसी चार्जिङमा कुन राम्रो ?

कुनै पनि इलेक्ट्रिक कारमा ब्याट्री र चार्जिङ धेरै महत्वपूर्ण हुन्छ...

लीपमोटर सी–१० अब भैरहवा र बुटवलमा पनि, पाँचवटा गाडी ग्राहकलाई हस्तान्तरण

लीपमोटर सी–१० अब भैरहवा र बुटवलमा पनि, पाँचवटा गाडी ग्राहकलाई हस्तान्तरण

लिप मोटरले हालै नेपाल ल्याएको नयाँ बिद्युतिय कार सी–१० को बिक्री भैरहवा र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...