१ करोड ९९ लाख मूल्यको नयाँ फोर्ड एभरेष्ट नेपाल भित्रिदै, खुल्यो बुकिङ

काठमाडौं – फोर्डको नेपालका लागि आधिकारिक वितरक जीओ अटोमोबाइल्सले नयाँ २.० लिटर बाई–टर्बो डिजेल इन्जिन र विश्वकै पहिलो १० स्पिड अटोमेटिक ट्रान्समिसनयुक्त फोर्ड एभरेष्ट अफरोड एसयूभको बुकिङ खुल्ला गरेको घोषणा गरेको छ । १ करोड ९९ लाख प्रारम्भिक मूल्य तोकिएको फोर्ड एभरेष्टमा भएको अफरोडिङ क्षमता, अफोर्डेबल सर्भिस कस्ट र एड्भान्स फिचर प्याकले नेपालको प्रिमियम एसयूभी सेगमेन्टमा नयाँ बेन्चमार्क स्थापित गर्ने कम्पनीको भनाइ छ ।

विश्व बजार र एसियाली देशमा फोर्ड एभरेष्ट सबैभन्दा रुचाइने एसयूभी हो । सन् २००३ मा पहिलो पटक बजारमा उपलब्ध गराइएको फोर्ड एभरेष्टको सेकेन्ड जेनेरेसन मोडल २०१५ मा सार्वजनिक भएको थियो । यसमा भएको कम्फर्टेबल राइड क्वालिटीका कारण पारिवारिक यात्रा र अन्य यात्रालाई सधै आरामदायी बनाउने कम्पनीको भनाइ छ ।

नयाँ फोर्ड एभरेष्टमा अल–एलईडी हेडल्याम्प छ, जुन स्क्वायर डिजाइन ल्याम्प क्लस्टरमा राखिएको छ । रातको समयमा २० प्रतिशत बढी उज्यालो प्रदान गर्नका लागि लो तथा हाई बिम दुवै अवस्थाका लागि मिलाइएको छ । त्यसैगरी यसमा भएको आकर्षक डिजाइन, अद्वितीय अफरोडिङ क्षमता र सहजताले गाडीलाई थप सशक्त बनाएको छ ।

फोर्ड एभरेष्टमा भएका विभिन्न प्रविधिले एसयूभीलाई थप सशक्त बनाएको छ । यसमार्फत आवश्यकता अनुसार ह्यान्ड्स फ्रि कल गर्न, ट्राफिक कन्डिसन अनुसार परिवर्तन गर्न र पार्किङ गर्न सकिन्छ । यसमा भ्वाइस कमान्ड सहितका सिंक थ्री, एप्पल कारप्ले थ्री आदि प्रयोग गर्न सकिन्छ । त्यसैगरी एपलिंक, किलेस इन्ट्री र पुस बटन स्टार्ट, रियरभ्यु क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम, रेन सेन्सिङ वाइपर, अटोमेटिक हेडल्याम्प र अन्य प्रविधिको प्रयोग गर्न सकिन्छ ।

फोर्ड एभरेष्टमा एड्भान्स्ड २.० लिटर बाई–टर्बो डिजेल इन्जिन छ, जसले २१३ पीएस पावर र ५०० एनएम टर्क जेनेरेट गर्छ । इन्जिनका साथै एरोडाइनामिक डिजाइन, टर्क अन डिमान्ड, लकिङ गियर डिफ्रेन्सियल, बिग लोड क्यापासिटी, रोल स्टेबिलिटी सहितको इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, पुल–ड्रिफ्ट कम्पेन्सेसन सहितको ईपीएएस आदि यसमा भएका थप फिचर हुन् ।

कुनै पनि अफरोड अवस्थामा यसलाई चलाउन सकिने हुनाले त्यसै अनुसारको सुविधा फोर्ड एभरेष्टमा उपलब्ध छन् । टेरेन म्यानेजमेन्ट सिस्टम, इलेक्ट्रोनिक लकिङ रियर डिफ्रेन्सियल, हिल डिसेन्ट कन्ट्रोल र हिल लन्च असिस्ट जस्ता फिचरले यसमा थप सहजता उपलब्ध गराउछ ।

लेदर–अपहोल्स्टर्ड सिट, प्रिमियम इन्टेरियर, ड्युअल क्लाइमेट कन्ट्रोल र ड्यअुल प्यानल सनरुफले कुनै पनि एड्भेन्चरमा एभरेष्टमार्फत आनन्द प्रदान गर्छ । त्यसैगरी ह्यान्ड्स फ्रि लिफ्ट गेट, पावर फोल्ड थर्ड रो सिट, सात एयरब्याग र मल्टी इन्टेलिजेन्ट इन्स्ट्रयुमेन्ट क्लस्टर आदि फिचरले गाडीलाई थप रोमान्चक बनाएको छ ।

जीओ अटोमोबाइल्सका म्यानेजिङ डाइरेक्टर आकाश गोल्छाले आउटस्ट्यान्डिङ क्षमता र क्लास लिडिङ फिचर सहितको फोर्ड एभरेष्ट नेपाली बजारमा भित्र्याएर एसयूभी ग्राहकले खोजेको भन्दा पनि विशेष उपहार दिन चाहेको बताए । धेरै नयाँ ग्राहकले चाहेको एसयूभीको रुपमा फोर्ड एभरेष्टले पहिचान कायम गर्ने विश्वास उनले व्यक्त गरे ।

नेपाली बजारमा थाइल्यान्डबाट यो एसयूभी भित्र्याइने र यसको टाइटानियम भेरिएन्ट उपलब्ध हुने कम्पनीको भनाइ छ । यो एभरेष्टको सबैभन्दा माथिल्लो भेरिएन्ट हो । गाडी डेलिभरी भने आगामी सन् २०२२ को पहिलो त्रैमासिकमा मात्र गरिने छ । नेपाली बजारमा उपलब्ध हुने फोर्ड एभरेष्ट २०२२ कै मोडल हुनेछ ।

सम्बन्धित समाचारहरू

अफरोडर एड्भेन्चर लाइफस्टाइल एसयूभी फोर्स गोर्खाको मूल्य र फिचर सार्वजनिक

अफरोडर एड्भेन्चर लाइफस्टाइल एसयूभी फोर्स गोर्खाको मूल्य र फिचर सार्वजनिक

फोर्स मोटसले आइकनिक अफरोडर एड्भेन्चर लाइफस्टाइल एसयूभी गोर्खाको नयाँ...

फोर्डले लियो ईभीका लागि गियर शिफ्टरको पेटेन्ट

फोर्डले लियो ईभीका लागि गियर शिफ्टरको पेटेन्ट

इलेक्ट्रिक कारमा आइसिईको भन्दा फरक पावरट्रेनको साथ सम्पूर्ण ड्राइभिङ...

ट्रम्पको कर नीतिका कारण तमिलनाडु प्लान्टका विषयमा ​​पुनर्विचार गर्दै फोर्ड

ट्रम्पको कर नीतिका कारण तमिलनाडु प्लान्टका विषयमा ​​पुनर्विचार गर्दै फोर्ड

फोर्डले तमिलनाडु प्लान्टको लागि आफ्नो योजनामा ​​पुनर्विचार गर्ने भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...