हायर पर्चेज कर्जाबारे नयाँ निर्देशन जारी : सवारी साधन किन्नका लागि लिएको ऋणमा झनै कडाइ

नेपाल राष्ट्र बैंकले हायर पर्चेज (सवारीसाधन, मेसिनरी औजार, उपकरण खरिद गर्नका लागि दिइने ऋण) मा कडाइ गरेको छ ।

राष्ट्र बैंकले आइतबार ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० (तेस्रो संशोधन २०७८)’ जारी गर्दै ब्याज दरमा केही कडाइ गरेको हो । 

राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशनमा भनिएको छ, ‘कम्पनीले ऋण तथा सापटी लिई कर्जा प्रदान गरेको अवस्थामा यसरी प्राप्त गरेको ऋण तथा सापटीमा दिनुपर्ने औसत ब्याजदरमा ४ प्रतिशत भन्दा बढी नहुने गरी हायर पर्चेज कर्जामा औसत ब्याजदर अन्तर कायम गर्नुपर्नेछ ।’ साथै यस्तो कर्जा प्रवाह गर्दा धितोको मूल्यको अधिकतम ८० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्नुपर्ने उल्लेख छ । कम्पनीले एउटै ग्राहक, फर्म, कम्पनी वा समूहलाई प्रदान गर्न सक्ने कर्जाको सीमा अघिल्लो त्रैमासको खुद सम्पत्ति (नेटवर्थ)को बढीमा ३० प्रतिशतसम्म कायम गरिएको छ । 

नयाँ निर्देशन अनुसार हायर पर्चेज कम्पनीले ग्राहकबाट किस्ता रकम असुल हुन नसकी बक्यौता रहेमा त्यस्तो किस्ता रकम छ महिना भन्दा बढी अवधिले भाखा नाघेमा बक्यौता किस्ता रकमलाई शंकास्पद कर्जामा वर्गीकरण गरी ५० प्रतिशत नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ । किस्ता रकम एक वर्ष भन्दा बढी अवधिले भाखा नाघेमा सम्पूर्ण कर्जा रकमलाई खराब वर्गमा वर्गीकरण गरी शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ । 

सम्बन्धित समाचारहरू

नाडा अटो शो २०२४ मा यी ७ बैंक तथा वित्तीय संस्थाको समेत सहभागिता हुने

नाडा अटो शो २०२४ मा यी ७ बैंक तथा वित्तीय संस्थाको समेत सहभागिता हुने

काठमाडौं – आगामी भाद्र ११ देखि काठमाडौंको भृकुटीमण्डमा हुने नाडा अटो शो...

एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टलमा उपलब्ध छन् सवारीसाधन लगायत यस्ता जानकारी

एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टलमा उपलब्ध छन् सवारीसाधन लगायत यस्ता जानकारी

काठमाडाैं – एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ सम्पत्तिहरु, बैंकको...

विद्युतीय कार किन्नेहरुका लागि एनएमबि बैंकको ६.८३ प्रतिशत ब्याजदरमै अटो लोन

विद्युतीय कार किन्नेहरुका लागि एनएमबि बैंकको ६.८३ प्रतिशत ब्याजदरमै अटो लोन

काठमाडौं – विद्युतीय सवारी साधन किन्नेहरुका लागि एनएमबि बैंकले विद्युतीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...