सफा टेम्पोमा नयाँ प्रविधिको ब्याट्री प्रयोग गरिने, परीक्षणका लागि तयार

काठमाडौं – नेपाल इलेक्ट्रिक भेइकल इन्डष्ट्रि रिसर्च एन्ड इनोभेसन प्रालि (नेभी) ले सञ्चालन गरिरहेको सफा टेम्पोमा अब नयाँ प्रविधिका ब्याट्री प्रयोग हुने भएका छन् । हाल प्रयोगमा रहेका ब्याट्रीको सट्टा आगामी दिनमा कुलिङ प्रणाली प्रयोग भएको नयाँ लिथियम आयोन ब्याट्री प्रयोग हुने छन् र यसको चार्जिङ समय छोटो हुनुका साथै लामो समय सम्म टिकाउ हुनेछन् ।

हाल यसको प्रोटोटाइप सार्वजनिक गरिएको छ र यसको परीक्षण कार्य गरिने छ । करिव तीन महिनाको परीक्षण पश्चात यी ब्याट्रीलाई व्यावहारिक रुपमा दोस्रो चरणको परीक्षणको लागि केही सफा टेम्पोमा प्रयोग गरिने नेभीका महाप्रबन्धक धर्म कुमार श्रेष्ठले बताए ।

नेपाल इलेक्ट्रिक भेइकल इन्डष्ट्रि रिसर्च एन्ड इनोभेसन प्रालि (नेभी) ले बेलायती सरकारसँग सहकार्यात्मक साझेदारीमार्फत बेलायती कम्पनी पीएके इन्जिनियरिङको प्राविधिक अनुसन्धानमा ‘प्रोजेक्ट गणेशा’ नामक नवीन परियोजना संचालन गरिरहेको र त्यसै परियोजना अन्तर्गतको यो एउटा उपलब्धि हो । यस परियोजना अन्तर्गत सफा टेम्पोलाई समयानुकूल आधुनिक बनाउने, नयाँ आधुनिक किसिमका ब्याट्री उत्पादन तथा एसेम्बली प्रविधि सम्बन्धी अध्ययन तथा परीक्षण कार्य भइरहेको छ ।

प्रोजेक्ट गणेशा अन्तर्गत इलेक्ट्रिक ट्रान्सपोर्ट र होम इनर्जीका लागि नयाँ मोडलका ब्याट्री लगायतका प्राविधिक सामग्रीको विकास भइरहेको छ । हाल धादिङ र बर्दिया गरी दुई स्थानलाई पाइलट फिल्डको रुपमा छनोट गरेर कार्य भइरहेको छ ।

नेभीले नेपालमा २०५२ साल देखि सफा टेम्पोको उत्पादन तथा सञ्चालन गर्दै आइरहेको छ । हाल यस अन्तर्गत ७ सय भन्दा बढी सफा टेम्पो सञ्चालनमा रहेका छन् । नेपालको विद्युतीय यातायात क्षेत्रमा यस कम्पनीले पु¥याएको योगदान तथा वातावरणलाई प्रदूषणमुक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

४ लाख ९० हजार पर्ने सिएफ मोटोको इलेक्ट्रिक स्कुटर, यस्तो छ फिचर, पावरट्रेन र रेन्ज

४ लाख ९० हजार पर्ने सिएफ मोटोको इलेक्ट्रिक स्कुटर, यस्तो छ फिचर, पावरट्रेन र रेन्ज

सिएफ मोटोले उत्पादन गरेको इलेक्ट्रिक स्कुटर जिहो एई८ नेपाल आइपुगेको छ । यो...

नासाको नयाँ स्पेस टेक्नोलोजी : मात्र ५ मिनेटमा इलेक्ट्रिक कार चार्ज गर्न सकिने

नासाको नयाँ स्पेस टेक्नोलोजी : मात्र ५ मिनेटमा इलेक्ट्रिक कार चार्ज गर्न सकिने

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले भविष्यको अन्तरिक्ष अभियानका लागि नयाँ...

चीनको शीर्ष ३ ईभी ब्रान्डमा उक्लियो लिपमोटर

चीनको शीर्ष ३ ईभी ब्रान्डमा उक्लियो लिपमोटर

काठमाडौं–चीनमा निकै राम्रो बजार पाइरहेको लिपमोटरले न्यू इनर्जी भेइकल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...