नयाँ लुक र फिचर सहित २०२२ टीभीएस अपाचे आरटीआर २०० ४भी सार्वजनिक

टीभीएसले आफ्ना अपाचे सिरिज बाइक एकपछि अर्को गर्दै अपडेट गर्दैछ । टीभीएसले नयाँ टीभीएस अपाचे आरटीआर १६० ४भी पछि अब नयाँ टीभीएस अपाचे आरटीआर २०० ४भी लन्च गरेको छ । बाइक उत्कृष्ट लुक र फिचरले सुसज्जित छ ।

२०२२ टीभीएस अपाचे आरटीआर २०० ४भी एडजस्टेबल ब्रेक र ३ स्टेप क्लच लिभरको साथ प्रस्तुत गरिएको छ । स्पोर्टी लुक र स्पिड प्रिय राइडरलाई यो बाइक उत्कृष्ट साबित हुनेछ ।

मूल्य र भेरिएन्ट
नयाँ टीभीएस अपाचे आरटीआर २०० ४भी भारतमा २ भेरिएन्टमा पेश गरिएको छ, जसमा सिंगल–च्यानल एबीएस भेरिएन्टको मूल्य १ लाख ३३ हजार ८४० भारु र डुअल च्यानल एबीएस भेरिएन्टको मूल्य १ लाख ३८ हजार ८९० भारु तोकिएको छ ।

नयाँ अपाचे २०० हालको मोडेलसँग धेरै मिल्दोजुल्दो देखिन्छ । यसमा नयाँ डीआरएलको साथ नयाँ हेडल्याम्प डिजाइन देख्न सकिन्छ । नयाँ अपाचे स्पोर्ट, अर्बन र रेन गरी ३ राइडिङ मोडको साथै ग्लस ब्ल्याक, पर्ल ह्वाइट र मेट ब्लू जस्ता कलर विकल्पमा उपलब्ध छ । नयाँ अपाचेमा एडजस्टेबल सस्पेन्शन सेटअप उपलब्ध छ ।

पावर र फिचर
२०२२ टीभीएस अपाचे आरटीआर २०० ४भीमा १९७.७५ सीसीको सिंगल सिलिन्डर ४ स्ट्रोक ४भी आयल कुल्ड इन्जिन समावेश गरिएको छ । जसले २०.८२ पीएसको पावर र १७.२५ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ५ स्पिड गियरबक्स उपलब्ध छ । नयाँ अपाचे टीभीएस स्मार्ट कनेक्ट ब्लुटुथ कनेक्टिभिटी सपोर्टको साथ पेश गरिएको छ, जसले रेस डाटा एनालिटिक्स र रेसिङ स्टाइलको बारेमा जानकारी प्रदान गर्छ ।

अपाचे सिरिजका बाइक नेपाली बजारमा समेत निकै नै लोकप्रिय छन् ।

सम्बन्धित समाचारहरू

हुन्डाई र टीभीएसको साझेदारीले पायो औपचारिकता, इलेक्ट्रिक थ्री ह्विलर निर्माण गर्ने

हुन्डाई र टीभीएसको साझेदारीले पायो औपचारिकता, इलेक्ट्रिक थ्री ह्विलर निर्माण गर्ने

हुन्डाई मोटर कर्पोरेसन र टीभीएस मोटर कम्पनीले लास्ट माइल कनेक्टिभिटीको...

नोर्टन मोटरसाइकल अव भारतमै उत्पादन हुने

नोर्टन मोटरसाइकल अव भारतमै उत्पादन हुने

नोर्टन मोटरसाइकलले २०२५ बाट आफ्नो बाइक भारतमा उत्पादन गर्ने योजना बनाएको...

भारतमा पहिलो पटक हिरोलाई पछि पा-यो टीभीएसले, होन्डा पहिलो नम्बरमा

भारतमा पहिलो पटक हिरोलाई पछि पा-यो टीभीएसले, होन्डा पहिलो नम्बरमा

भारतीय अटोमोबाइल उद्योगमा गत फेब्रुअरी महिना निकै नै रोचक रहेको छ । भारतको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...