फर्केर हेर्दा २०२४ : ७ करोड पर्ने बीएमडब्लु एक्स७ सहित करोड माथिका ८ नयाँ ईभी भित्रिए नेपाल

काठमाडौं– वर्ष २०२४ पुरै ईभीमय बनेर बिदा भएको छ । यसवर्ष नेपाली बजारमा डेढ दर्जन नयाँ ब्रान्डका विद्युतीय कार (ईभी) भित्रिए । नेपाल भित्रिएका अधिकांश नयाँ ब्रान्ड चीनबाट आएका हुन् । १९ लाख ९६ हजार पर्ने केईको क्युट ०२ देखि ७ करोडको बीएमडब्लु एक्स७ एक्स ड्राइभ ४० सम्मका ईभीले बजारमा चर्चा पाए ।

गत वर्ष नेपाल आएका दुई दर्जन ईभी मोडलमा ८ वटा करोडमाथिका ईभी छन् । जसमा सबैभन्दा महंगो मुल्यको ईभी बीएमडब्लु एक्स७ एक्स ड्राइभ ४० हो । यो कार नेपाल आएको १ हप्ता नबित्दै बिक्री भएको थियो । लक्ष्मी प्रिमियमले ल्याएको सो प्रिमियम एसयूभीको मूल्य ७ करोड हाराहारी पर्ने बताइएको छ ।

करोडमाथिको ईभी आयात गर्ने कम्पनीमा बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालि पनि दर्ज भएको छ । कम्पनीले वर्ष २०२४ को सुरुवातमै लक्जरियस सेडान सिल भित्र्याएको थियो । तीन भेरिएन्टमा आएको सिल डाइनामिकको मुल्य १ करोड ५ लाख, प्रिमियमको १ करोड ३९ लाख र पर्फमेन्सको १ करोड ८५ लाख रुपैयाँ पर्छ । बीवाईडी सिलमा ६१.४४ किलोवाट आवरको ब्याट्री प्याक तथा ३९० किलोवाट क्षमताको मोटर जडान गरिएको छ ।

यस वर्ष कियाले आफ्नो फ्ल्यागशिप एसयूभी ईभी९ लाई नेपाल ल्यायो । नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले यो गाडीको मूल्य १ करोड ८० लाख तोकेको छ । ईभी९ मा ७६.१ किलोवाट आवरको ब्याट्री प्याक तथा १६० किलोवाट क्षमताको मोटर जडान गरिएको छ ।

नाडा अटो शो २०२४ को अवसर पारेर एमजी नेपालले आफ्नो प्रिमियम ईभी साइबरस्टरलाई नेपाल ल्याएको थियो । सो समय दुई युनिटमात्र साइबरस्टर नेपाल आएकोमा तत्कालै सोल्ड आउट भएको थियो । साइबरस्टरको मूल्य १ करोड ६८ लाख पर्छ । यस ईभीमा ७७ किलोवाट आवरको ब्याट्री तथा २५० किलोवाट क्षमताको मोटर जडान गरिएको छ ।

सीजी मोटर्स र एमएडब्लु ग्रुपले संयुक्त रुपमा ल्याएको अवतार ११ ले निकै चर्चा बटुल्यो । ९० किलोवाट आवर र ११६ किलोवाट आवर ब्याट्री प्याकमा उपलब्ध यस ईभीको मुल्य क्रमशः १ करोड ४५ लाख र १ करोड ६० लाख पर्छ । अवतार ११ मा १९० किलोवाट क्षमताको मोटर राखिएको छ ।

वर्ष २०२४ जिकर, टेस्ला र स्काइवेलले पनि करोड माथिका ईभी नेपाल ल्याए । जिकर एक्सको फ्ल्यागशिप मोडल ३१५ किलोवाट अल ह्विल ड्राइभ नेपाल आएको हो । ६६ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको सो ईभीको मुल्य १ करोड ५५ लाख पर्छ । जिकरलाई शारडा ग्रुप अन्तर्गतको पायोनियर मोटोकर्पले भित्र्याएको हो ।

यसैगरी, टेस्लाले मोडल ३ को फेसलिफ्ट भर्सनलाई समेत यसै वर्ष नेपाल ल्यायो । फिचर र लुक्स अपडेट भएर आएको सो ईभीको मूल्य १ करोड ३५ लाख पर्छ । टेस्ला मोडल ३ मा ५८ किलोवाट आवरको ब्याट्री प्याक र १७० किलोवाट क्षमताको मोटर जडान गरिएको छ ।

२०२३ कै नाडा आटो शोमा नेपाल आउने चर्चा पाएर बुकिङ समेत पाएको स्काइवेल ईटी ५ पनि यसै वर्ष नेपाल आयो । जी मोटर्सले ल्याएको यस एसयूभीको मूल्य १ करोड ९ लाख पर्छ । स्काइवेल ईटी ५ मा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक तथा १५० किलोवाट क्षमताको मोटर जडान गरिएको छ ।

सम्बन्धित समाचारहरू

अब बीवाईडी एट्टो ८, २०२५ ग्वाङझाउ अटो शोमा सार्वजनिक

अब बीवाईडी एट्टो ८, २०२५ ग्वाङझाउ अटो शोमा सार्वजनिक

बीवाईडीले २०२५ ग्वाङझाउ अटो शो मा अपग्रेडेड टाङ एल अर्थात अन्तर्राष्ट्रिय...

प्रिमियम इलेक्ट्रिक एसयूभी बजारमा उतार्ने तयारीमा किया

प्रिमियम इलेक्ट्रिक एसयूभी बजारमा उतार्ने तयारीमा किया

कियाले भारतीय बजारमा नयाँ इलेक्ट्रिक एसयूभी लन्च गर्ने योजना बनाएको छ ।...

२४० किमी रेन्ज दिने स्कुटर ल्याउदै छ नयाँ कम्पनी सिम्पल इनर्जीले

२४० किमी रेन्ज दिने स्कुटर ल्याउदै छ नयाँ कम्पनी सिम्पल इनर्जीले

सिम्पल इनर्जी भारतमा पहिलो इलेक्ट्रिक स्कुटर लन्च गर्ने तयारी अवस्थामा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...