दिपल एस०७ र लिपमोटर सी१० सहित ४ नयाँ चाइनिज कारले पाए युरो एनक्यापमा फाइभ स्टार रेटिङ
डिसेम्बर महिनामा सम्पन्न युरो एनक्याप क्र्यास टेस्टमा थप चार नयाँ चाइनिज...
कियाले भारतीय बजारमा नयाँ इलेक्ट्रिक एसयूभी लन्च गर्ने योजना बनाएको छ । भारतीय बजार पश्चात नेपाली बजारमा पनि आउने सम्भावना भएकाले भारतीय बजार नेपालका लागि पनि विशेष मानिन्छ ।
कियाले सन् २०२५ मा सो नयाँ इलेक्ट्रिक एसयूभी बजारमा उतार्ने तयारी गरेको छ । केही दिन पहिले मारुती सुजुकीले पनि यही वर्ष नयाँ इलेक्ट्रिक कार बजारमा ल्याउने समाचार सार्वजनिक भएको थियो ।
किया इन्डियाका बरिष्ठ अधिकृत मायुङ कि सोनले बजारमा एक बजेट इलेक्ट्रिक एसयूभी उपलब्ध गराउने योजना बनाएको बताएका छन् । धेरै उपभोक्ताका बीच पु¥याउनका लागि यसलाई एक किफायती दर सहितको एसयूभीको रुपमा बजारमा उतार्ने कम्पनीको योजना छ । यद्यपि यो एक प्रिमियम कार भन्दा कम नहुने र सुरक्षा, डिजाइन वा फिचरमा कुनै खेलवाड नगरिने उनको भनाइ छ । प्रत्येक वर्ष करिव १० हजार युनिट कार बेच्ने लक्ष्य लिइने समेत उनको भनाइ छ ।
कम्पनीले आधिकारिक रुपमा जानकारी नदिए पनि यसको रेन्ज करिव ४७५ किलोमिटर सम्म हुनेछ । हाल बजारमा उपलब्ध टाटा नेक्सन ईभीसँग यसको सिधा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
कियाले यो भन्दा पहिले पनि बजारमा ईभी६ इलेक्ट्रिक कार उपलब्ध गराइरहेको छ । भारतीय बजारमा राम्रो चर्चा कमाएको ईभी६ को नेपाली बजारमा पनि बुकिङ खुलिसकेको छ ।
डिसेम्बर महिनामा सम्पन्न युरो एनक्याप क्र्यास टेस्टमा थप चार नयाँ चाइनिज...
कियाले चाँडै नै नयाँ पुस्ताको किया सेल्टोस लन्च गर्ने तयारी गरिरहेको छ ।...
काठमाडौं– जापनिज अटो निर्माता निसानले १३ वर्षअघि बजारमा ल्याएको लीफ अहिले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...