प्रिमियम इलेक्ट्रिक एसयूभी बजारमा उतार्ने तयारीमा किया

कियाले भारतीय बजारमा नयाँ इलेक्ट्रिक एसयूभी लन्च गर्ने योजना बनाएको छ । भारतीय बजार पश्चात नेपाली बजारमा पनि आउने सम्भावना भएकाले भारतीय बजार नेपालका लागि पनि विशेष मानिन्छ ।

कियाले सन् २०२५ मा सो नयाँ इलेक्ट्रिक एसयूभी बजारमा उतार्ने तयारी गरेको छ । केही दिन पहिले मारुती सुजुकीले पनि यही वर्ष नयाँ इलेक्ट्रिक कार बजारमा ल्याउने समाचार सार्वजनिक भएको थियो ।

किया इन्डियाका बरिष्ठ अधिकृत मायुङ कि सोनले बजारमा एक बजेट इलेक्ट्रिक एसयूभी उपलब्ध गराउने योजना बनाएको बताएका छन् । धेरै उपभोक्ताका बीच पु¥याउनका लागि यसलाई एक किफायती दर सहितको एसयूभीको रुपमा बजारमा उतार्ने कम्पनीको योजना छ । यद्यपि यो एक प्रिमियम कार भन्दा कम नहुने र सुरक्षा, डिजाइन वा फिचरमा कुनै खेलवाड नगरिने उनको भनाइ छ । प्रत्येक वर्ष करिव १० हजार युनिट कार बेच्ने लक्ष्य लिइने समेत उनको भनाइ छ ।

कम्पनीले आधिकारिक रुपमा जानकारी नदिए पनि यसको रेन्ज करिव ४७५ किलोमिटर सम्म हुनेछ । हाल बजारमा उपलब्ध टाटा नेक्सन ईभीसँग यसको सिधा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

कियाले यो भन्दा पहिले पनि बजारमा ईभी६ इलेक्ट्रिक कार उपलब्ध गराइरहेको छ । भारतीय बजारमा राम्रो चर्चा कमाएको ईभी६ को नेपाली बजारमा पनि बुकिङ खुलिसकेको छ ।

सम्बन्धित समाचारहरू

वीरगन्जमा एसेम्बलिङ हुँदै इलेक्ट्रिक लोडर : तराई क्षेत्रमा प्रचलित

वीरगन्जमा एसेम्बलिङ हुँदै इलेक्ट्रिक लोडर : तराई क्षेत्रमा प्रचलित

वीरगन्ज – वीरगन्ज लगायत तराईका विभिन्न स्थानमा दैनिक प्रयोजनका सामग्री...

हरितालिका तीजको अवसरमा लेभ्निङ इलेक्ट्रिक स्कुटरको स्किम : १४ गते १४ हजार छुट

हरितालिका तीजको अवसरमा लेभ्निङ इलेक्ट्रिक स्कुटरको स्किम : १४ गते १४ हजार छुट

काठमाडौं – नेपालमा लेभ्निङ इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरिरहेको बज्र...

रिभोल्टको इलेक्ट्रिक मोटरसाइकललाई चाबीविनै स्मार्टफोनबाट स्टार्ट गर्न सकिने

रिभोल्टको इलेक्ट्रिक मोटरसाइकललाई चाबीविनै स्मार्टफोनबाट स्टार्ट गर्न सकिने

रिभोल्ट मोटर्सका सबै इलेक्ट्रिक बाइकलाई राइडरको स्मार्टफोनबाटै भर्चुअल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...