एक्साइडले ल्यायो १५ महिना वारेन्टी भएका विद्युतीय रिक्सा ब्याट्री
काठमाडौं – एक्साइड ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक सिप्रदी...
काठमाडौं – नेपालमा लामो समय देखि अटोमोटिभ आफ्टर मार्केटका लागि आवश्यक कम्पोनेन्ट्स उपलब्ध गराइरहेको हिट्को प्रालिका म्यानेजिङ डाइरेक्टर प्रदीपमान प्रधान ‘अटोमोटिभ कम्पोनेन्ट्स अवार्ड २०२६’ द्वारा सम्मानित भएका छन् ।
ईश्वरलाल प्रतिष्ठानसँगको सहकार्यमा कर्पोरेट मिडिया ग्रुपद्वारा आयोजित १८औँ संस्करणको ‘कर्पोरेट बिजनेस समिट एन्ड अवार्ड, २०२६’ अन्तर्गत हिट्को प्रालिका म्यानेजिङ डाइरेक्टर प्रदीपमान प्रधानलाई सो अवार्ड प्रदान गरिएको हो । होटेल ¥याडिसनमा आयोजित विशेष समारोहमा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले उनलाई सो अवार्ड प्रदान गरे ।
उक्त व्यावसायिक समुदायमा पु¥याएको असाधारण नेतृत्व, व्यावसायिक दक्षता र उल्लेखनिय योगदान वापत उनलाई सो अवार्ड प्रदान गरिएको बताइएको छ ।
प्रदीपमान प्रधानको नेतृत्वमा रहेको हिट्को प्रालिले लामो समय देखि विशेष गरी ग्यारेज इक्विपमेन्ट र अन्य सेफ्टी इक्विपमेन्टहरु उपलब्ध गराइरहेको छ ।
हिट्कोले हाल टु ह्विलर, फोर ह्विलर, ट्रयाक्टर, हेभी इक्विपमेन्ट मर्मतका लागि आवश्यक टुल्स, पार्ट्स जस्ता उपकरण उपलब्ध गराउँदै आएको छ । त्यसैगरी उद्योगका लागि एयर कम्प्रेसर र मेटरियल ह्यान्डलिङ उपकरण उपलब्ध गराइरहेको छ ।
कुनै पनि सवारी साधन बिक्री गरेपछि बिक्रीपछिको सेवा उपलब्ध गराउनका लागि विभिन्न प्रकारका वर्कसप वा अन्य पूर्वाधारको आवश्यकता पर्छ । ती सबै पूर्वाधार कार्यका लागि आवश्यक उपकरण हिट्कोले उपलब्ध गराउदै आएको छ ।
काठमाडौं – एक्साइड ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक सिप्रदी...
टाटा नेक्सन, हुन्डाई भेन्यु, किया सेल्टोस, बीएमडब्ल्यु र मर्सिडिज बेन्ज...
हामीले चलाउने कारको स्टेयरिङ कुनै शौचालयको सिट भन्दा ९ गुणा बढी फोहोर हुने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...