गाडी आयातकर्ताबाट स्वदेशी उत्पादनतर्फ लम्किँदै नेपाली अटो बजार

काठमाडौं–नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो स्थापनाको ५० वर्ष पूरा गर्दै गर्दा नेपाली अटोमोबाइल क्षेत्र आयातमा मात्र सीमित नरहेर स्वदेशी उत्पादन तथा एसेम्बलतर्फ अघि बढेको सन्देश दिएको छ ।

सन् १९७७ मा नेपालभर वर्षभरिमा जम्मा ८०१ वटा नयाँ सवारीसाधन दर्ता भएका थिए । आज देशमा करिब ५५ लाख सवारीसाधन दर्ता भइसकेका छन्, जसमा करिब ८४ प्रतिशत हिस्सा मोटरसाइकलको छ ।

विगत पाँच आर्थिक वर्षमा नेपालले करिब ४७० अर्ब रुपैयाँ बराबरका सवारी तथा सम्बन्धित सामग्री आयात गरी राज्यलाई करिब ३५१ अर्ब रुपैयाँ भन्सार राजस्व बुझाएको छ । पछिल्लो एक आर्थिक वर्षमा मात्रै यस क्षेत्रले ७५ अर्ब रुपैयाँभन्दा बढी राजस्वमा योगदान पु¥याएको छ ।

राजस्वबाहेक अटोमोबाइल क्षेत्रले देशव्यापी डिलर सञ्जाल, पार्ट्स आपूर्ति संजाल, दक्ष मेकानिक, अटो फाइनान्स तथा सवारी बीमा जस्ता महत्त्वपूर्ण पूर्वाधारको विकास गरेको छ । सुजुकी र टाटा जस्ता ब्राण्डहरू दशकौंदेखि नेपाली सडक र तीन पुस्तासम्मका परिवारको हिस्सा बन्दै आएका छन् ।

यस पटकको स्वर्ण जयन्ती प्रदर्शनीमा नाडाले ‘मेड इन नेपाल/मेड फर नेपाल’ प्याभिलियनमार्फत नेपालभित्रै उत्पादन वा एसेम्बल गरिएका सवारीसाधन र सामग्रीलाई विशेष स्थान दिएको छ । प्रदर्शनीमा विद्युतीय मोटरसाइकल, अटोमोटिभ ब्याट्री, लुब्रिकेन्ट र हेलमेट उत्पादन गर्ने यात्री, एसियन ब्याट्रिज, कोहिनूर प्लास्टिक इन्डस्ट्रिज, नेपाल ल्युब आयल र पूर्वाञ्चल ल्युब आयल लगायतका करिब आठ स्वदेशी उत्पादक सहभागी हुँदैछन् ।

नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले नेपाल अब गाडी आयात गर्ने देशमा मात्र सीमित नरहेर बिस्तारै आत्मनिर्भरता र स्वदेशी उद्योगतर्फ अघि बढेको बताएका छन् । पचास वर्षअघि गाडी भित्र्याउनेहरूको मात्र प्रतिनिधित्व गर्ने नाडाले आज गाडी जोड्ने, वित्त उपलब्ध गराउने, बीमा, सर्भिस, पाट्र्स आपूर्ति र स्वदेशी उत्पादन गर्ने सबै क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाली अटो क्षेत्रमा नयाँ युगको सुरुवात गरेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...