टाटा गाडी किन्ने ग्राहकलाई एसबीआई बैंकले ८० प्रतिशत सम्म कर्जा प्रदान गर्ने

काठमाडौं – नेपाल एसबीआई बैंक र सिप्रदी ट्रेडिङबीच हायर पर्चेज कर्जा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । जसअनुसार टाटाका गाडी खरिद गर्नका लागि ग्राहकलाई बैंकले विशेष सहुलियतयुक्त दरमा कर्जा प्रदान गर्नेछ ।

उक्त सम्झैतामा बैंकका रिटेल तथा एसएमई प्रमुख बद्रीलाल अमात्य र सिप्रदी ट्रेडिङ प्रालिका बिक्री तथा प्रवद्र्धन महाप्रबन्धक अनुपमणी ढकालले हस्ताक्षर गरेका छन् ।

बैंकले कमर्सियल गाडीमा ७० प्रतिशत सम्म व्यक्तिगत कर्जाका लागि र ७५ प्रतिशत सम्म कम्पनी प्रयोजनका लागि कर्जा प्रदान गर्नेछ । त्यसैगरी विद्युतीय गाडीमा ८० प्रतिशत सम्म कर्जा प्रदान गर्नेछ ।

व्यक्तिगत गाडीका लागि ८ दशमलव ५ प्रतिशत र कमर्सियल गाडीका लागि ९ दशमलव ९९ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गरिने छ ।

बैंकले हाल ८८ शाखा कार्यालय, १९ वटा एक्सटेन्स काउन्टर, ७ प्रादेशिक कार्यालय तथा एउटा कर्पोरेट कार्यालयका साथै १२२ एटीएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

आजबाट टाटा ईभी अटो कार्निभल, विशेष अफरका साथै माल्दिभ्स भ्रमणको अवसर

आजबाट टाटा ईभी अटो कार्निभल, विशेष अफरका साथै माल्दिभ्स भ्रमणको अवसर

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

टाटा मोटर्सले भारतीय बजारमा ३ नयाँ इलेक्ट्रिक एसयूभी लन्च गर्ने

टाटा मोटर्सले भारतीय बजारमा ३ नयाँ इलेक्ट्रिक एसयूभी लन्च गर्ने

टाटा मोटर्सआफ्नो पोर्टफोलियो बलियो बनाउने योजनामा ​​छ । टाटाले अब ३ नयाँ...

प्रिमियम ब्रान्ड अभिन्या सहित ६ मोडल लन्च गर्दै टाटा मोटर्स

प्रिमियम ब्रान्ड अभिन्या सहित ६ मोडल लन्च गर्दै टाटा मोटर्स

टाटा मोटर्सले आर्थिक वर्ष २०२७ मा ६ वटा मोडल लन्च गर्ने योजना बनाएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...