नेपाल ल्युब आयल लिमिटेडको ३४औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - नेपाल ल्युब आयल लिमिटेडको ३४औं वार्षिक साधारण सभा हालै सम्पन्न भएको छ। कठिन आर्थिक परिस्थिति सहितका चुनौतीपूर्ण अवस्थामाझ पनि कम्पनीले शेयरधनीहरूका लागि २१ प्रतिशत लाभांश (२० प्रतिशत बोनस शेयर र १.०५२६४ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

विगत १०–१२ वर्षयता कोभिड र आर्थिक सुस्तताको समय बाहेक, कम्पनीले हरेक वर्ष उच्च प्रतिफल प्रदान गर्दै आएको छ। निरन्तर उत्कृष्ट प्रदर्शनका कारण नेपाल ल्युब आयल लिमिटेड आज एक सफल र विश्वसनीय संस्थाको रूपमा स्थापित भएको कम्पनीको भनाइ छ। कम्पनीको निरन्तर विकास, शेयरधनीप्रतिको दायित्व र पारदर्शी व्यवस्थापनको शेयरधनीहरूले सभामा प्रशंसा गरेका छन्।

सभामा अध्यक्ष अरुणकुमार चौधरी, प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत करण चौधरी, सञ्चालक समिति, कम्पनी सचिव, लेखा परीक्षक, व्यवस्थापन समूहका सदस्यहरू तथा शेयरधनीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा ८४.८६ प्रतिशत सहभागी उपस्थित रहेका थिए ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष अरुणकुमार चौधरीले भने, ‘विभिन्न चुनौतीपूर्ण परिस्थितिहरूबीच पनि कम्पनी आफ्नो लक्ष्यप्रति दृढतापूर्वक अघि बढिरहेको छ। ग्त वर्षको तुलनामा सकारात्मक वृद्धि हासिल गर्दै कम्पनीले शेयरधनीहरूलाई उच्च प्रतिफल प्रदान गर्न सफल भएको छ। यस सफलताको श्रेय कम्पनीका समर्पित कर्मचारी, व्यवस्थापन टोली, सञ्चालक समिति तथा शेयरधनीहरूको विश्वास र सहकार्यलाई जान्छ। भ्विष्यमा पनि कम्पनी यही समर्पण र विश्वासका साथ अघि बढ्नेछ।’

गत वर्ष जस्तै, यस वर्ष पनि कम्पनीको सशक्त प्रगति र सकारात्मक कार्यसम्पादनबाट शेयरधनीहरू उत्साहित देखिएको बताइएको छ ।

नेपाल ल्युब आयल लिमिटेडले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष प्राविधिक सहयोग र निगरानीमा नेपालमै गल्फ ब्रान्डका लुब्रिकेन्ट उत्पादन, बिक्री तथा वितरण गर्दै आएको छ। गल्फ ब्रान्ड विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय लुब्रिकेन्ट ब्रान्ड हो, जसका उत्पादनहरू नेपालमा अत्यन्तै रुचाइएका छन्। विभिन्न अटोमोबाइल र मेसिनरीका आवश्यकतालाई समेट्ने उत्पादन विविधताका कारण गल्फ ब्रान्ड नेपाली बजारमा प्रतिष्ठित र विश्वसनीय नामको रूपमा स्थापित भएको कम्पनीको दावी छ।

सम्बन्धित समाचारहरू

नेपाली लुब्रिकेन्ट तेस्रो देशहरुमा निर्यात हुने, विभिन्न देशहरुमा पठाइयो नमूना

नेपाली लुब्रिकेन्ट तेस्रो देशहरुमा निर्यात हुने, विभिन्न देशहरुमा पठाइयो नमूना

काठमाडौं – पूर्वाञ्चल ल्युब आयल (पीएलओ) ले उत्पादन गरेका नेपाली...

२१ जना नेपालीले स्टेडियममै पुगेर हेरे आइपीएल, गल्फ लुब्रिकेन्टले गरायो आइपीएल यात्रा

२१ जना नेपालीले स्टेडियममै पुगेर हेरे आइपीएल, गल्फ लुब्रिकेन्टले गरायो आइपीएल यात्रा

नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेसनलको...

नेपाली बजारमा भित्रियो गुडइयर लुब्रिकेन्ट, डेल्टा डिस्ट्रिब्युटर्स बन्यो वितरक

नेपाली बजारमा भित्रियो गुडइयर लुब्रिकेन्ट, डेल्टा डिस्ट्रिब्युटर्स बन्यो वितरक

काठमाडौं – नेपाली बजारमा गुडयर ब्रान्डको लुब्रिकेन्ट औपचारिक रुपमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...