नामी ईभी अब ५ लाख ९९ हजार डाउन पेमेन्टमा, ८० प्रतिशत सम्म फाइनान्सिङ

काठमाडौं - नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले एक विशेष फाइनान्सिङ अफरका साथ ईभी खरिदलाई थप पहुँचयोग्य बनाउँदैछ। ईभीको माग बढेसँगै नामीले ग्राहकहरूलाई थप सुविधा र सहज सवारी साधन खरिद अनुभव प्रदान गर्नका लागि फाइनान्सिङको सजिलो विकल्प प्रदान गरेको बताएको छ ।

यो पेमेन्ट स्किमबाट ग्राहकहरूले अब मात्र २० प्रतिशत डाउनपेमेन्ट गरि डोङफेङ नामीका ईभीहरू किन्न सक्नेछन्। नामी ईभी मोडलहरूको लागि डाउनपेमेन्ट मूल्य ५ लाख ९९ हजार रुपैयाँ तय गरिएको छ। यसले ग्राहकहरूलाई कुनै पनि क्यापिटल अपफ्रन्ट बिना पूर्ण रूपमा प्रिमियम गुणस्तरको ईभी खरिद गर्न सहज बनाउने छ जसले गर्दा अब यो ईभी ठूलो सङ्ख्याका ग्राहकहरूले सजिलै किन्न सक्नेगरि उपलब्ध हुनेछ।

सरल र सजिलो खरिद प्रक्रिया पूरा गर्न नामीले ८० प्रतिशत सम्म फाइनान्सिङ गर्दछ जसले गर्दा ग्राहकहरूले विश्वसनीय फाइनान्सियल पार्टनरहरू मार्फत आफ्नो गाडीको लागतको ठूलो हिस्सा फाइनान्सिङ गर्न सक्नेछन्। यसले ग्राहकहरूलाई समयसँगै आफ्ना पेमेन्टहरू फैलाउन मद्दत गर्दछ। योसँगै, ४८ घण्टामा लोन अप्रुभल गरिन्छ जसले गर्दा खरिद अनुभव अझ आनन्द र सजिलो हुन्छ।

फाइनान्सिङको यस अवसरको बारेमा थप जानकारीको लागि इच्छुक ग्राहकहरूले नजिकैको नामी शोरूम भिजिट गर्न सक्ने कम्पनीले बताएको छ ।

सम्बन्धित समाचारहरू

सरिना जी ट्रेडद्वारा ग्राहकलाई ईभी ट्याक्सी हस्तान्तरण, नीतिगत समस्याबारे चर्चा

सरिना जी ट्रेडद्वारा ग्राहकलाई ईभी ट्याक्सी हस्तान्तरण, नीतिगत समस्याबारे चर्चा

काठमाडौं – सरिना जी ट्रेड प्रालिले ईभी ट्याक्सी हस्तान्तरण गरेको छ ।...

डाउनपेमेन्ट नगरी इलेक्ट्रिक स्कुटर किन्न पाइने लेभनिङको नयाँ स्किम

डाउनपेमेन्ट नगरी इलेक्ट्रिक स्कुटर किन्न पाइने लेभनिङको नयाँ स्किम

लेभनिङ इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता इभी नेपाल मोटर्सले नयाँ...

टाटाको नेक्सन ईभी म्याक्स अब वीरगन्जमा

टाटाको नेक्सन ईभी म्याक्स अब वीरगन्जमा

काठमाडौं – टाटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...