नामी नेपाल भित्रिएको १ वर्ष पुग्यो, अटो शोमै मनायो भव्य उत्सव

काठमाडौं, नेपाल – २३ अगस्ट, २०२५ – नामीले नेपालमा आफ्नो पहिलो मोडल नामी ०१ सार्वजनिक गरेको एक वर्ष पूरा भएको महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। नेपालमै पहिलोपटक, २२ अगस्ट २०२४ मा, सोल्टी होटलमा आयोजित विशेष कार्यक्रममा सबिन राई एण्ड द फ्यारोको लाइभ कन्सर्ट र फेशन शोमार्फत नामीले आफ्नो भव्य डेब्यु गरेको थियो।

केबल १२ महिनामै नामीले नेपालभर आफ्नो उपस्थिति विस्तार गर्दै ग्राहकहरूको उत्साहपूर्ण स्वागत पाएको छ र छोटो समयमै नेपालको सबैभन्दा सफल ईभीमध्ये एक बनेको छ। नामीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धिले भनेको छ, ‘यस उपलब्धीले नामीलाई इलेक्ट्रिक ह्याचब्याक सेग्मेन्टको अग्रणीको रूपमा स्थापित गरेको छ र ग्राहकवर्गको बढ्दो विश्वास र निष्ठालाई पनि उजागर गरेको छ।’

सार्वजनिक हुँदै गर्दा नामी ०१ बजारलाई चुनौती दिने उद्देश्यले आएको थियो र त्यसले आफ्नो वचन पूरा गरेको छ। यस सेग्मेन्टमै पहिलो पटक फ्रेमलेस डोर, फ्लस डोर ह्यान्डल, वेलकमिङ र मेमोरी सिट, अटो पार्किङ सुविधा र टेबलटप सहितको ड्रयर जस्ता विशेषताहरू ल्याएर नामी ०१ ले आइडियल ह्याचब्याकको परिभाषा नै नयाँ बनाएको थियो। साथै, १२.८ इन्चको उन्नत इन्फोटेनमेन्ट प्रणाली र अत्याधुनिक ड्राइभर असिस्टेन्स फिचरसहित यसले आफ्नो प्राइस रेन्जमा उत्कृष्ट स्टाइल, प्रविधि र प्रदर्शन पेश गरेको थियो। योसँगै नामीले छिटो बजार विस्तार गर्दै नेपालको बहुसंख्यक जनतालाई इलेक्ट्रिक मोबिलिटी सुलभ बनाएको छ।

नामी ०१ को सफलता केवल अंकमा सीमित छैन, यसले उपयुक्त मूल्यसँग संयोजन गर्दा ग्राहकहरूले नवीनता र गुणस्तरलाई कदर गर्छन् भन्ने समेत देखाएको छ। एक वर्ष बितिसक्दा पनि यसको मूल्य प्रतिस्पर्धात्मक छ, किनकि आजको बजारमा थोरै मात्र ईभीहरूले यति किफायती मूल्यमा यति धेरै प्रिमियम सुविधाहरू प्रदान गर्न सक्छन्।

यो विशेष अवसरलाई स्मरण गर्न नाडा अटो शो २०२५ को सन्दर्भमा नामीले आफ्नो स्टलमा ग्राहक, सरोकारवाला, अटो ब्लगर र सञ्चारकर्मीहरूको उपस्थितिमा केक काटेर उत्सव मनायो। सो अवसरमा एमएडब्लु वृद्धिका सीईओ प्रशन्न पन्तले यो यात्रा सम्झिँदै भने, ‘नामीसँगको यो एक वर्षको यात्रा साँच्चै नै उल्लेखनीय रह्यो। हामीप्रति विश्वास राख्नु हुने सबै ग्राहकहरूलाई हार्दिक आभार व्यक्त गर्दछौँ, र हामी नेपालमा नवीन र दिगो मोबिलिटी सोलुसन्स निरन्तर ल्याइरहनेछौँ।’

तर नामी यतिमै रोकिने छैन। नामी ०१ को सफलता उत्सव मनाएसँगै ब्रान्डले आफ्नो आगामी रोमाञ्चक योजनाको झलक पनि दिएको छ, जसमा अर्को ठूलो कदमको रूपमा ‘नामी भिगो’ को घोषणा गरिएको छ। यो नयाँ मोडलले नामी ०१ को सफलतालाई निरन्तरता दिँदै कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा नयाँ सीमा पार गर्ने तयारी गरेको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

विश्वका सबैभन्दा धेरै इलेक्ट्रिक कार प्रयोग गर्ने १० देश, कुन देशमा कति ?

विश्वका सबैभन्दा धेरै इलेक्ट्रिक कार प्रयोग गर्ने १० देश, कुन देशमा कति ?

इलेक्ट्रिक सवारी साधन(ईभी)को प्रयोग तीव्र गतिमा बढिरहेको छ। यात्रुवाहक...

तनहुँ परेवाडाँडामा जिपलाइन र स्काई रोप साइक्लिङ सञ्चालनमा आउने

तनहुँ परेवाडाँडामा जिपलाइन र स्काई रोप साइक्लिङ सञ्चालनमा आउने

तनहुँ परेवाडाँडामा जिपलाइन र ‘स्काई रोप साइक्लिङ’ सञ्चालनमा आउने भएको...

पनौती-काठमाडौं खण्डमा अब ईभी माइक्रोबस

पनौती-काठमाडौं खण्डमा अब ईभी माइक्रोबस

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोक–पुण्यवती यातायात कम्पनीले आजदेखि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...