एमजी मोटर्सले सार्बजनिक गर्यो मिड साइज एसयुभी ‘एस्टर’, अर्को महिना औपचारिक लन्च हुने
एमजी मोटर्सको बहुप्रतिक्षित मिड साइज एसयुभी एस्टरलाई आज सार्बजनिक गरिएको...
काठमाडौं – राजधानीको भृकुटीमण्डमा जारी नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा एमजीले वर्षकै सबैभन्दा ठूलो अफर सार्वजनिक गरेको छ ।
नेपालमा एमजी गाडीहरूको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एक्सपो अवधिमा मात्र लागू हुने गरी सो अफर सार्वजनिक गरेको हो ।
साउन २५ गतेसम्म, हल ए (स्टल ए १ र ए ३ ) र हल बी (स्टल एच ३) मा रहेका एमजी र आइएमका स्टलहरूमा गएर ग्राहकहरूले सीमित अवधिका लागि लागू हुने अफरहरू प्राप्त गर्न सक्ने छन् । यी अफरहरू एमजी ४ ईभी, एमजी एस५ ईभी, विन्डसर ईभी, कमेट ईभी र भविष्यको प्रविधि समेटिएको एमजी आइएम ६ जस्ता चर्चित मोडलहरूमा उपलब्ध छन्।
४ लाख रुपैयाँसम्मको छुट, निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स र प्रत्येक खरिदमा ३ किलोवाट वा ७ किलोवाट चार्जर निःशुल्क पाइने जस्ता आकषर््ाक सुविधाहरु यसमा छन् । यो एमजीको अहिलेसम्मकै सबैभन्दा आकर्षक अफर भएको कम्पनीको भनाइ छ ।
“यो एक्स्पो गाडीहरू देखाउन मात्र होइन, ग्राहकहरूलाई स्मार्ट र ग्रीन मोबिलिटीतर्फ सहज रूपले अघि बढाउने प्रयास पनि हो,” पारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनील बहादुर क्षेत्रीले भने, “हामीले एमजीको स्वामित्वलाई अझ सहज र पहुँचयोग्य बनाउन यस अफरमार्फत अतुलनीय मूल्य प्रदान गरिरहेका छौं।”
उत्साहजनक सहभागिता र प्रतिक्रियासँगै, एक्स्पोमा एमजीको उपस्थितिले ब्रान्डप्रतिको लोकप्रियता र नेपालको विद्युतीय मोबिलिटी परिवर्तनप्रतिका सोचलाई प्रस्ट पारेको कम्पनीको भनाइ छ।
एमजी मोटर्सको बहुप्रतिक्षित मिड साइज एसयुभी एस्टरलाई आज सार्बजनिक गरिएको...
काठमाडौं – एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले...
वुलिङ एयर इलेक्ट्रिक कार आधिकारिक रूपमा इन्डोनेसियाली बजारमा यो महिना...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...