प्राकृतिक विपद् प्रभावित सवारीसाधन दर्ताको म्याद थप्न नाइमाको आग्रह

काठमाडौं–प्राकृतिक विपद्का कारण समयमै सवारीसाधन दर्ता गर्न नसकेका व्यवसायीहरूको समस्या समाधानका लागि नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले यातायात व्यवस्था विभागको ध्यानाकर्षण गराएको छ ।

नाइमाले विभागलाई औपचारिक पत्र पठाउँदै दर्ता प्रक्रियामा सहजीकरण गरिदिन अनुरोध गरेको हो ।

हालको कानुनी व्यवस्था अनुसार भन्सार जाँचपास भएका सवारीसाधन १५ दिनभित्र सम्बन्धित यातायात कार्यालयमा दर्ता गरिसक्नुपर्छ ।

तर, जोमसोम तथा बेनी क्षेत्रमा आएको बाढी र प्राकृतिक विपद्का कारण कोरला नाकाबाट जाँचपास भई आएका सवारीसाधनहरू समयमै कार्यालयसम्म पु¥याउन र दर्ता गर्न असम्भव भएको व्यवसायीहरूले जनाएका छन् ।

यस्तो विषम परिस्थितिलाई दृष्टिगत गर्दै नाइमाले सवारी दर्ताको म्याद बढाउन विभागसमक्ष आग्रह गरेको छ । साथै, यस्तै समस्याबाट गुज्रिरहेका अन्य व्यवसायी तथा आफ्ना सदस्यहरूको वास्तविक अवस्था पहिचान गरी उनीहरूमाथि अनावश्यक प्रशासनिक तथा आर्थिक भार पर्न नदिने गरी आवश्यक व्यवस्था मिलाउन समेत संघले विभागसमक्ष आग्रह गरेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...