नाडामा ७० प्रतिशत मतदाता स्पेयर पार्ट्स तथा कम्पोनेन्टबाट, दुवै पक्षमा ५० प्रतिशत उम्मेदवार
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालमा नयाँ नेतृत्वका लागि यही मंसिर २३ गते...
काठमाडौं– नाडा प्रतिनिधी मण्डलले गृहमन्त्रि नारायणकाजी श्रेष्ठसंग छलफल गरेको छ । मंगलबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले श्रेष्ठसंग भेटगरी विभिन्न विषयहरुमा छलफल गरेको हो ।
उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले नेपालमा माल बाहक भारतिय ट्रक निर्बाध रुपमा ७२ घण्टासम्म नेपाल प्रवेश गर्न सक्ने व्यवस्थाबाट नेपालको मालवाहक सवारी साधनहरुको विक्री र त्यसको व्यवसायमा गम्भिर असर परेको बताए ।
भारतिय मालवाहक साधनहरुलाई नेपालमा २४ घण्टाको मात्र समयावधि दिन र भन्सार बिन्दुबाट अधिकतम १६ किमी सम्म मात्र सन्चालन गर्न दिने व्यवस्थाका लागि उनले गृहमन्त्रि श्रेष्ठलाई आग्रह गरे ।
छलफलका क्रममा नाडाका महासचिव सुरेन्द्र कुमार उपे्रतीले नेपाल भारतविच खुल्ला सीमानाकोे कारणले भारतबाट भारी मात्रामा अनधिकृत रुपमा लुव्रिकेन्टस, टायर तथा अटोमोवाइल स्पेयर पाट्र्सको आयात हुदै आएको जानकारी गराए ।
सिमा क्षेत्रमा हुने अबैध कारोबारका कारण लुव्रिकेन्टस र टायर टयूव उद्योगहरुलाई गम्भिर असर परिरहेको बताउँदै उनले ती बस्तुहरुको अनधिकृत आयातका कारण नेपालमा बसेर आधिकारिक व्यापार गरिरहेका व्यवसायीहरु आफनो व्यवसायमा टिकीरहन ज्यादै कठीन भएको जानकारी गराए ।
सीमा क्षेत्रमा कडाईका साथै व्यवस्थित गर्न सकिए देशले गुमाई रहेको ठूलो राजश्व पनि प्राप्त हुने भन्दै उनले यसका लागी आवश्यक पहल गरिदिन मन्त्रि श्रेष्ठसंग अनुरोध गरे ।
छलफलको अन्त्यमा मन्त्री श्रेष्ठले पहिलेको २४ घण्टाको समयावधीलाई ७२ घण्टा पु¥याइएको र सीमा नाकामा भईरहेको समस्याहरुबारे गहिरो चासो राख्दै यस्ता समस्याहरुको समाधानका लागि सरकारले आवश्यक पहल गर्ने बताए ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालमा नयाँ नेतृत्वका लागि यही मंसिर २३ गते...
काठमाडौं–नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले यातायात व्यवस्था विभागका...
काठमाडौं – सवारी साधनको कुम्भ मेलाको रुपमा परिचित नाडा अटो शो यो वर्ष भदौ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...