नाडा महासचिवमा सुरेन्द्र कुमार उप्रेती चयन
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको महासचिवमा सुरेन्द्र...
काठमाडौं– नाडा प्रतिनिधी मण्डलले गृहमन्त्रि नारायणकाजी श्रेष्ठसंग छलफल गरेको छ । मंगलबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले श्रेष्ठसंग भेटगरी विभिन्न विषयहरुमा छलफल गरेको हो ।
उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले नेपालमा माल बाहक भारतिय ट्रक निर्बाध रुपमा ७२ घण्टासम्म नेपाल प्रवेश गर्न सक्ने व्यवस्थाबाट नेपालको मालवाहक सवारी साधनहरुको विक्री र त्यसको व्यवसायमा गम्भिर असर परेको बताए ।
भारतिय मालवाहक साधनहरुलाई नेपालमा २४ घण्टाको मात्र समयावधि दिन र भन्सार बिन्दुबाट अधिकतम १६ किमी सम्म मात्र सन्चालन गर्न दिने व्यवस्थाका लागि उनले गृहमन्त्रि श्रेष्ठलाई आग्रह गरे ।
छलफलका क्रममा नाडाका महासचिव सुरेन्द्र कुमार उपे्रतीले नेपाल भारतविच खुल्ला सीमानाकोे कारणले भारतबाट भारी मात्रामा अनधिकृत रुपमा लुव्रिकेन्टस, टायर तथा अटोमोवाइल स्पेयर पाट्र्सको आयात हुदै आएको जानकारी गराए ।
सिमा क्षेत्रमा हुने अबैध कारोबारका कारण लुव्रिकेन्टस र टायर टयूव उद्योगहरुलाई गम्भिर असर परिरहेको बताउँदै उनले ती बस्तुहरुको अनधिकृत आयातका कारण नेपालमा बसेर आधिकारिक व्यापार गरिरहेका व्यवसायीहरु आफनो व्यवसायमा टिकीरहन ज्यादै कठीन भएको जानकारी गराए ।
सीमा क्षेत्रमा कडाईका साथै व्यवस्थित गर्न सकिए देशले गुमाई रहेको ठूलो राजश्व पनि प्राप्त हुने भन्दै उनले यसका लागी आवश्यक पहल गरिदिन मन्त्रि श्रेष्ठसंग अनुरोध गरे ।
छलफलको अन्त्यमा मन्त्री श्रेष्ठले पहिलेको २४ घण्टाको समयावधीलाई ७२ घण्टा पु¥याइएको र सीमा नाकामा भईरहेको समस्याहरुबारे गहिरो चासो राख्दै यस्ता समस्याहरुको समाधानका लागि सरकारले आवश्यक पहल गर्ने बताए ।
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको महासचिवमा सुरेन्द्र...
काठमाडौं– नेपालमा पहिलो पटक अनलाइन अटो शो शुरु भएको छ । नाडा अटोमोबाइल्स...
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले मौद्रिक नीतिका कारण...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...