नाडा अटो शो–२०२५ को उद्घाटन अर्थमन्त्री पौडेलले गर्ने
काठमाडौं– नाडाले आगामी भदौ ३ देखी ८ गतेसम्म काठमाण्डौको भृकुटी मण्डप...
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालमा २०औं अध्यक्षका लागि अहिले मतदान जारी छ । नेतृत्वका लागि ध्रुव थापा र करण चौधरीले प्यानलसहित उम्मेदवारी दिएपछि नयाँ नेतृत्व चुनावमार्फत चुन्न लागिएको हो । यी दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।
२०३२ सालमा नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) को नामबाट दर्ता भएको यो संस्थामा हालसम्म १९ जना व्यवसायीले नेतृत्व गरिसकेका छन् । नाडाको संस्थापक अध्यक्ष स्व. तोलारामा दुगड हुन् । उनले २०३२ देखि २०३३ सम्म १ वर्ष यो संस्थाको नेतृत्व गरे । दुगडपछि स्व. मोहन गोपाल खेतानले पनि २०३३ देखि २०३४ सालसम्म १ वर्ष यो संस्थाको नेतृत्व गरे ।
त्यसैगरी स्व. गौरीशंकर मोरले २०३४ देखि २०३७ सम्म, डा. रुप ज्योतिले २०३७ देखि २०४१ सम्म नेतृत्व गरे भने स्व. दिवाकर विक्रम राणाले सबैभन्दा लामो समय ५ वर्षसम्म नाडाको नेतृत्व गरेका थिए । उनी २०४१ देखि २०४६ सम्म अध्यक्ष बनेका थिए ।
छैठौं अध्यक्षका रुपमा स्व.उदय शमसेर राणाले २०४६ देखि २०४९ सम्म यो संस्थाको नेतृत्व गरे भने पद्य ज्योति २०४९ देखि २०५३ सम्म अध्यक्ष भए । ज्योतिपछि अध्यक्ष बनेका किरण बैद्यले २०५३ देखि २०५५ सम्म, श्रीनिवाश बिरसिंले २०५५ देखि २०५७ सालसम्म नेतृत्व गरेका हुन् । नाडामा किरण बैद्यको पालादेखि हरेक २ वर्षमा नयाँ नेतृत्व चयन हुँदै आएको छ ।
१०र्औं अध्यक्षका रुपमा लोकमान्य गोल्छाले २०५७ देखि २०५९ सालसम्म नाडाको नेतृत्व गरे । उनीपछि अध्यक्ष बनेका रोहिणी थपलियाले २०५९ देखि २०६१ सम्म, स्व. हिक्मत बहादुर मालीले २०६१ देखि २०६३ सम्म, सुनिल खेतानले २०६३ देखि २०६५ सम्म र स्व. सौर्य राणाले २०६५ देखि २०६७ सम्म यो संस्थाको नेतृत्व गरेका थिए ।
१५औं अध्यक्षका रुपमा सौरभ ज्योतिले २०६७ देखि २०७० सम्म नाडाको नेतृत्व गरे भने उनीपछि हाल नेपाल उद्योग वाणिज्य महासंघमा अध्यक्ष समेत रहेका शेखर गोल्छाले २०७० देखि २०७२ सम्म नाडाको नेतृत्व गरेका थिए । गोल्छाको कार्यकालपछि अध्यक्ष बनेका अञ्जन श्रेष्ठले २०७२ देखि २०७४ सम्म यो संस्थाको नेतृत्व गरे । त्यसअघिका प्रायः सबैजसो नेतृत्व सर्वसम्मतिबाट चयन हुँदै आएकोमा श्रेष्ठको पालादेखि नेतृत्व चयन प्रतिस्पर्धात्मक बन्दै आएको छ ।
श्रेष्ठपछि शम्भुप्रसाद दाहालले १८औं अध्यक्षका रुपमा २०७४ देखि २०७६ सम्म नाडाको नेतृत्व गरेपछि हाल नेतृत्वमा रहेका कृष्ण प्रसाद दुलालको कार्यकाल आज मतदानको परिणाम सार्वजनिक भएपछि सकिँदै छ ।
काठमाडौं– नाडाले आगामी भदौ ३ देखी ८ गतेसम्म काठमाण्डौको भृकुटी मण्डप...
काठमाडौं–एनआईयूको प्रिमियम इलेक्ट्रिक मोटरसाइकल नेपाल आउने भएको छ ।...
काठमाडौं – नजिकिँदो चाडपर्वमा उपत्यका बाहिर जाने यात्रुको सहजतालाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...