नाडा अध्यक्षमा ध्रुव थापा विजयी, ५ जना थापा र १२ जना चौधरी प्यानलबाट सदस्य निर्वाचित

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा ध्रुव थापा विजयी भएका छन् । थापाले अध्यक्षका अर्का प्रत्याशी करण चौधरीलाई ६६ मतले पराजित गरे ।

विजयी थापाले १४१३ मत प्राप्त गरे भने पराजित चौधरीले १३४७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी सदस्यतर्फ चौधरीको प्यानलका १२ जना र ध्रुव थापा प्यानलबाट ५ जना विजयी भएका छन् ।

मिलनबाबु मल्ल (१४६५), अनुपकुमार बराल (१४६३), राजनबाबु श्रेष्ठ (१४५७), सुरेन्द्र कुमार उप्रेती (१४३२) र सुनिल रिजाल (१४०२) मत प्राप्त गरी विजयी भएका छन् ।

त्यसैगरी सोही प्यानलबाट अभिक ज्योति (१३८३), प्रकाश कपुरी (१३७९), बिक्रम सिंघानिया (१३७१) र गोपाल भट्टराई (१३६५) मत प्राप्त गरी विजयी भएका छन् ।

त्यसैगरी निलमणि पाठक (१३५४), वरदान बस्नेत (१३५०) र पंकज अग्रवाल (१३३४) मत प्राप्त गरी विजयी भएका छन् ।

साथै, थापाको प्यानलबाट निराकर श्रेष्ठ (१३६४), यमुना श्रेष्ठ (१३५५), कपिल शिवाकोटी (१३४८), प्रदीपमान प्रधान (१३४६) र आकाश गोल्छा (१३३९) मत प्राप्त गरेका छन् ।

नाडा निर्वाचन समितिका अनुसार २७ सय ८८ मत खसेको थियो। यस्तै ७ जना संस्थागत सदस्य भने निर्विरोध निर्वाचित भएका छन्। मोहनबाबु खड्का, तेजनारायण साह, शुभाष आचार्य, पुष्करराज ओझा, गणेश प्रसाद भट्टराई, सुदेश कुमार श्रेष्ठ र भद्र भण्डारी निर्विरोध निर्वाचित भएका हुन्।

नाडामा अध्यक्ष र १७ जनाको निर्वाचन हुने र पछि सदस्यहरुबाटै पदाधिकारी चयन हुने व्यवस्था छ ।

सम्बन्धित समाचारहरू

वर्कशपलाई उत्पादनमूलक उद्योगले पाउने सरहको सुबिधा दिन नाडाको सुझाव

वर्कशपलाई उत्पादनमूलक उद्योगले पाउने सरहको सुबिधा दिन नाडाको सुझाव

काठमाडौं– नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सवारीसाधनको मर्मतसम्भार...

नाडाद्धारा नेपाल–भारत व्यापार संझौताका विषयमा छलफल

नाडाद्धारा नेपाल–भारत व्यापार संझौताका विषयमा छलफल

नाडा प्रतिनिधी मण्डलले भारतको राजधानी नयाँ दिल्लीमा भारत सरकार, वाणिज्य...

नयाँ संगठन नाइमाको बोर्ड अफ डाइरेक्टर बने यी अटोमोबाइल व्यवसायी

नयाँ संगठन नाइमाको बोर्ड अफ डाइरेक्टर बने यी अटोमोबाइल व्यवसायी

काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको संगठन नाडा कार्यरत रहेकै समयमा बनेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...