बजेटले आयात रोकेर एसेम्बलमा जान प्रेरित गरेको नाडा अध्यक्ष ध्रुव थापाको भनाइ

सरकारले हिजो सार्वजनिक गरेको बजेटका विषयमा विभिन्न क्षेत्रहरुबाट प्रतिक्रियाहरु आइरहेका छन् । यस्तोमा अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले यो बजेटले स्वदेशमै एसेम्बल प्लान्ट लगाएर सवारी साधन उत्पादन गर्न प्रेरित गरेको प्रतिक्रिया दिएका छन् । उनका अनुसार बढ्दो व्यापार घाटालाई कम गर्न ध्यान केन्द्रित गरिएका कारण यो बजेटमा आयातलाई रोकेर एसेम्बलमा जान प्रेरित गरिएको हो ।

पछिल्लो समय चर्चामा रहको इलेक्ट्रिक कारका लागि भने यो बजेट सुखद नरहेको उनको तर्क छ । ‘गएको २ वर्षभित्रमा मात्र इलेक्ट्रिक कारमा ३ पटक नीति परिवर्तन गरिएको छ । १ सय वाट क्षमताभन्दा माथिको मोटर जडान गरिएको इलेक्ट्रिक कारमा लाग्दै आइरहेको अन्तःशुल्क र भन्सार बढेका कारण यी गाडीको मूल्य ठूलो मात्रामा बढ्ने देखिएको छ । जसले बजारमा माग घट्ने देखिन्छ । त्यसैगरी १५ सय सीसी क्षमता भन्दा माथिका कम्बसन इन्जिनयुक्त गाडी र २ सय सीसी भन्दा माथिका मोटरसाइकलमा समेत भन्सार र अन्तःशुल्क बढेको कारण यी सवारीसाधनको मूल्य समेत उच्च दरले बढ्ने देखिन्छ’ उनले भने ।

एसेम्बलको हकमा यसअघि उपलब्ध गराइँदै आएको सहुलियतलाई कायम गर्दै यस्ता उद्योगले आर्जन गर्ने मुनाफा वापत तिर्नुपर्ने आयकरमा ४० प्रतिशत छुट दिने व्यवस्था मिलाइएको छ । जुन आफैमा पर्याप्त नभएपनि केही सकारात्मक पहल भएको उनको बुझाइ छ । उनी भन्छन्,‘ हामीले यस्तो छुट कम्तिमा पनि १० वर्षसम्मका लागि हुनुपर्छ भनेर माग राखेका थियौ तर अहिले ५ वर्षसम्मका लागि लागु गरिएको छ । यो आफैमा पर्याप्त नभएपनि एसेम्बल उद्योगको शुरुवात गर्न केही हदसम्म सकारात्मक भने देखिन्छ ।’

एकातर्फ आयातमा भन्सार र अन्तःशुल्क दुबै बढ्नु र अर्कोतर्फ एसेम्बलमा थोरवहुत भएपनि सहुलियत प्रदान गर्नुले भोलिका दिनमा स्वदेशमै सवारीसाधन एसेम्बल हुने वातवरण बढ्दै जाने उनको निष्कर्ष छ । एसेम्वलका लागि सरकारले सम्बोधन गर्न खोजेपनि स्थिर नीतिको अभावका कारण कतिपय व्यवसायीले चाहेर पनि तत्कालै एसेम्बलमा जान भने नसक्ने शंका पनि उनले व्यक्त गरेका छन् । ‘वर्षमै ३/३ पटकसम्म नीति परिवर्तन भएको नजिरलाई आधार मान्ने हो भनेपनि तत्काल ठूलो रकम लगानी गरेर एसेम्बल उद्योग लगाउन सकिने अवस्था तत्कालै सिर्जना हुने देखिँदैन । यसका लागि सरकारले कम्तिमा पनि १० वर्षसम्मका लागि स्थिर नीति लागु गर्ने ग्यारेन्टी गर्नुपर्छ’ उनले नेपाल अटोसँग भने ।

विश्वव्यापी कोरोना महामारीका कारण समस्यामा पर्दै आइरहेका अटोमोबाइल व्यवसायीले विस्तारै उठ्न जमर्को गरिरहेको अवस्थामा सरकारले एकपछि अर्को गरी नीतिगत परिवर्तन गरिदिँदा यो क्षेत्र यसै पनि ठूलो समस्यामा परिरहेको थियो । त्यसमाथि झनै बजेटमार्फत भारीमात्रामा भन्सार र अन्तःशुल्क बढाइदिदा आलो घाउमा नुनचुक छर्किने काम गरेको उनले टिप्पणी गरे । अहिलेको बजेटले इलेक्ट्रिक कार र उच्च सीसी क्षमताका गाडी र मोटरसाइकलको कारोबारलाई निकै नराम्रोसँग प्रभावित पार्ने उनको ठहर छ ।

सम्बन्धित समाचारहरू

अर्थमन्त्रीले गरे क्षतिग्रस्त अटोमोबाइल शोरुमको स्थलगत अवलोकन

अर्थमन्त्रीले गरे क्षतिग्रस्त अटोमोबाइल शोरुमको स्थलगत अवलोकन

काठमाडौँ – अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगलागीबाट...

पोखराका व्यवसायीसँग ध्रुव थापा टिमको अन्तरक्रिया : अटो जोन निर्माणमा लाग्न आग्रह

पोखराका व्यवसायीसँग ध्रुव थापा टिमको अन्तरक्रिया : अटो जोन निर्माणमा लाग्न आग्रह

पोखरा – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको निर्वाचनको मिति नजिकिएसँगै...

नाडा अटो शो २०२५ : पिकअप, ईभी भ्यान र युनिट्री ह्युमनोइड रोबोट अनुभव गराउँदै फोटोन

नाडा अटो शो २०२५ : पिकअप, ईभी भ्यान र युनिट्री ह्युमनोइड रोबोट अनुभव गराउँदै फोटोन

काठमाडौं – फोटोनले यस वर्षको नाडा अटो शो २०२५ मा आफ्नो दमदार उपस्थिति...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...