१० लाख पर्ने इलेक्ट्रिक मोटरसाइकललाई एनआईयूले अटो शोमा प्रदर्शन गर्ने
काठमाडौं–एनआईयूको प्रिमियम इलेक्ट्रिक मोटरसाइकल नेपाल आउने भएको छ ।...
काठमाडौं – सम्पुर्ण सवारी तथा यातायातका साधनहरुमा युरो ६ लागू गर्ने प्रस्तावलाई नाडा अटोमोबाइल्स एसोसिएसनले सकारात्मक रुपमा लिएको बताएको छ ।
आज आयोजित एक कार्यक्रममा यस सम्बन्धी जानकारी गराइएको हो । यद्यपि यसको समग्र पूर्वाधार तयारीका लागि चरणवद्ध रुपमा लागू गर्दे जानु पर्ने नाडाले बताएको छ ।
नाडा अध्यक्ष ध्रुवबहादुर थापा र अन्य पदाधिकारी सम्मिलित प्रेस मिट कार्यक्रममा अहिले त्यसका लागि देशमा उपयुक्त पूर्वाधारहरु लगायत दक्ष प्राविधिक जनशक्ति पनि तयार नभई सकेको सन्र्दभमा यसलाई चरणवद्ध रुपमा नै लागू गर्ने व्यवस्थाका लागि सरकारसँग हार्दिक अनुरोध गरेको बताइएको छ ।
एकै पटक युरो ६ मा जानका लागि त्यही अनुसारको सवारी साधन भएर मात्र पुग्दैन, त्यसका लागि आवश्यक इन्धन, प्रविधि, वर्कशप र सरकारको अनुगमन प्रणाली समेत हुनु आवश्यक छ । यसबाट सवारी साधनको मूल्यमा वृद्धि हुने मात्र होइन, इन्धन किफायतीपना समेत घट्ने र सर्भिसिङ समेत छिटो गराउनु पर्ने हुन्छ ।
यी सबै कार्यका लागि आवश्यक तयारी गर्नुपर्ने भएकाले त्यसै अनुसार तयारी गरेर मात्र कार्य अगाडि बढाउन नाडाले अनुरोध गरेको छ ।
भारतमा पनि युरो ४ पछि युरो ६ लागू गरिएको र सरकारले यसका लागि दुई वर्षको समय दिएको बताउदै व्यवसायीसँग समन्वय गरेरमात्र चरणबद्ध रुपमा युरो ४ हुँदै युरो ६ लागू गरिनु उपयुक्त हुने नाडाको भनाइ छ ।
वातावरण नियमावली २०५४ कार्यान्वयनमा आएपछि सरकारले पहिलो पटक २०५६ मा ‘नेपाल प्रदूषण मापदण्ड २०५६’ लागू गरेको थियो । उक्त मापदण्ड युरो १ सरह थियो । उक्त मापदण्ड २०६९ मा परिमार्जन भएर ‘नेपाल सवारी प्रदूषण मापदण्ड २०६९’ लागू भएको हो, त्यसअनुसार अहिले युरो ३ मापदण्ड कार्यान्वयनमा छ ।
काठमाडौं–एनआईयूको प्रिमियम इलेक्ट्रिक मोटरसाइकल नेपाल आउने भएको छ ।...
काठमाडौं – व्यवसायी अरुण चौधरीलाई कुनै ठोस प्रमाण र आधार विना नै नेपाल...
काठमाडौं – कुनै पनि सवारी साधन विदेशबाट आयात गरी नेपालमा बिक्री गर्दा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...