कर्जा, कर र भन्सारमा छुट दिनु सकारात्मक कदम : नाडा
काठमाडौँ–भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट थलिएको उद्योग, व्यापार...
काठमाडौं - गत भाद्र १० गते नुवाकोट, टिमुरे र रसुवामा गएको भीषण वाढीबाट पीडित नागरिकहरुका लागि नाडाले प्रदान गरेको विभिन्न किसिमका राहत सामग्रीहरु वितरण गरिएको छ ।
शनिबार नाडाका कोषाध्यक्ष पंकज अग्रवाल तथा सहकोषाध्यक्ष निलमणी पाठकको नेतृत्वमा गएको नाडा प्रतिनिधिहरुले जिल्ला प्रशासन कार्यालय नुवाकोटसँगको समन्वयमा जिल्ला समन्वय समितिको कार्यालय, नुवाकोटलाई औपचारिक रुपमा ती सामग्री हस्तान्तर गरिएको नाडाले जनाएको छ।
गत भाद्र १८ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको नाडा प्रतिनिधि मण्डलले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी १० लाख रुपैया नगद सहयोग समेत उपलब्ध गराइसकेकोे छ। नाडाले विगतका समय देखि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस किसिमका विपत्तिहरुमा सक्दो आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउँदै आएको बताएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...