विद्यूतीय सवारी साधनमा लगाइएको करमा पुनर्विचार गर्न नाडाको आग्रह

काठमाडौं – हालै अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेटमार्फत १०० किलोवाट भन्दा बढी क्षमताका विद्युतीय सवारी साधनको भन्सार तथा अन्तःशुल्कमा लगाइएको अत्यधिक कर वृद्धि वारेमा नाडाले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

आज एक कार्यक्रमको आयोजना गरी नाडाले यसबाट सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहित गर्नुपर्नेमा दुरुत्साहन गरेको बताएको छ ।

नाडा अध्यक्ष ध्रुब थापा र ईभी समिति संयोजक राजनबाबु श्रेष्ठका साथै नाडा पदाधिकारीहरुले यसबाट पेट्रोलियम पदार्थको विकल्पको रुपमा विद्युतीय सवारी साधन प्रयोग गर्न प्रोत्साहन गर्न र नेपालको भौगोलिक अवस्था अनुसार २०० किलोवाट क्षमताका विद्युतीय सवारी साधनहरुलाई समेत पुरानै व्यवस्था अनुसार भन्सार महसुल तथा अन्तःशुल्क कायम गर्न अनुरोध गरे ।

सरकारले विदेशी मुद्राको सञ्चितिमा सुधार ल्याउन असार मसान्त सम्म निजी प्रयोजनका सवारी साधनहरुको आयातमा प्रतिबन्ध लगाएको र यसबाट विदेशी मुद्रा सञ्चिति र शोधनान्तर स्थितिमा खासै असर पार्ने नदेखिएकोले यसको समाधानका लागि समेत सरकारलाई अनुरोध गरिएको छ ।

त्यसैगरी २०० सीसी भन्दा बढी क्षमताका मोटरसाइकलको अन्तःशुल्क र भन्सार महसुलमा गरिएको वृद्धिले यस्ता मोटरसाइकलको कारोबारमा संलग्न व्यवसायीहरुले व्यवसाय नै बन्द गर्नु पर्ने अवस्था आएको भन्दै यसमा पुनर्विचार गर्न समेत नाडाले अनुरोध गरेको छ ।

सम्बन्धित समाचारहरू

टाटाको ईभी : भारतमा लन्च नहुँदै नेपालमा अत्यधिक चर्चा, कहिले आउला नेपाल

टाटाको ईभी : भारतमा लन्च नहुँदै नेपालमा अत्यधिक चर्चा, कहिले आउला नेपाल

टाटा मोटर्सले हालै भारतीय बजारमा सार्वजनिक गरेको इलेक्ट्रिक कार टियागो...

भाटभटेनीले सञ्चालनमा ल्यायो ११ तलामा ४४ गाडी पार्किङ गर्न सकिने नेपालकै पहिलो स्मार्ट पार्किङ

भाटभटेनीले सञ्चालनमा ल्यायो ११ तलामा ४४ गाडी पार्किङ गर्न सकिने नेपालकै पहिलो स्मार्ट पार्किङ

काठमाडौं – भाटभटेनी सुपरमार्केटको टंगाल आउटलेटमा आज देखि नेपालकै पहिलो...

नयाँ ५० किलोवाट आवर ब्याट्रीयुक्त बीवाईडी एट्टो ३ मा यी हुनेछन् पहिलेको एट्टो ३ भन्दा फरक फिचर

नयाँ ५० किलोवाट आवर ब्याट्रीयुक्त बीवाईडी एट्टो ३ मा यी हुनेछन् पहिलेको एट्टो ३ भन्दा फरक फिचर

नेपाली बजारमा बीवाईडी एट्टो ३ को नयाँ भेरिएन्ट आउने भए पछि फेरि इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...