नाइमा मोबिलिटी एक्सपाेमा सनलङका २ ईभी भ्यान लन्च हुने, मूल्य कति ?
काठमाडौं -‘नाइमा नेपाल मोबिलिटी एक्सपाे २०२५’ मा चिनियाँ कमर्सियल भेइकल...
काठमाडौं – हालै अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेटमार्फत १०० किलोवाट भन्दा बढी क्षमताका विद्युतीय सवारी साधनको भन्सार तथा अन्तःशुल्कमा लगाइएको अत्यधिक कर वृद्धि वारेमा नाडाले आफ्नो धारणा सार्वजनिक गरेको छ ।
आज एक कार्यक्रमको आयोजना गरी नाडाले यसबाट सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहित गर्नुपर्नेमा दुरुत्साहन गरेको बताएको छ ।
नाडा अध्यक्ष ध्रुब थापा र ईभी समिति संयोजक राजनबाबु श्रेष्ठका साथै नाडा पदाधिकारीहरुले यसबाट पेट्रोलियम पदार्थको विकल्पको रुपमा विद्युतीय सवारी साधन प्रयोग गर्न प्रोत्साहन गर्न र नेपालको भौगोलिक अवस्था अनुसार २०० किलोवाट क्षमताका विद्युतीय सवारी साधनहरुलाई समेत पुरानै व्यवस्था अनुसार भन्सार महसुल तथा अन्तःशुल्क कायम गर्न अनुरोध गरे ।
सरकारले विदेशी मुद्राको सञ्चितिमा सुधार ल्याउन असार मसान्त सम्म निजी प्रयोजनका सवारी साधनहरुको आयातमा प्रतिबन्ध लगाएको र यसबाट विदेशी मुद्रा सञ्चिति र शोधनान्तर स्थितिमा खासै असर पार्ने नदेखिएकोले यसको समाधानका लागि समेत सरकारलाई अनुरोध गरिएको छ ।
त्यसैगरी २०० सीसी भन्दा बढी क्षमताका मोटरसाइकलको अन्तःशुल्क र भन्सार महसुलमा गरिएको वृद्धिले यस्ता मोटरसाइकलको कारोबारमा संलग्न व्यवसायीहरुले व्यवसाय नै बन्द गर्नु पर्ने अवस्था आएको भन्दै यसमा पुनर्विचार गर्न समेत नाडाले अनुरोध गरेको छ ।
काठमाडौं -‘नाइमा नेपाल मोबिलिटी एक्सपाे २०२५’ मा चिनियाँ कमर्सियल भेइकल...
फ्रान्सको कार निर्माता कम्पनी रेनोले पहिलो इलेक्ट्रिक एसयूभी मेगेन ई–टेक...
नेपालमा बनेको इलेक्ट्रिक गाडीको चर्चा गर्दा धेरैले पूर्व प्रधानमन्त्री...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...