नाडाले हस्तान्तरण ग-यो बाढी पीडितहरुका लागि राहत सामग्री
काठमाडौं – गत भाद्र १० गते नुवाकोट, टिमुरे र रसुवामा गएको भीषण वाढीबाट...
काठमाडौं - भोटेकोसीलगायत क्षेत्रमा आएको बाढी तथा डुबानबाट अटोमोबाइल क्षेत्रमा ठूलो क्षति पुगेपछि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले प्रभावित व्यवसायीलाई सहजीकरण गर्ने भएको छ।
बाढीका कारण विभिन्न भन्सार नाका तथा अन्य क्षेत्रमा आयात गरिएका सवारीसाधनमा क्षति पुगेको, कतिपय सवारीसाधन हराएको तथा व्यवसायीका गोदाम, कार्यालय, उपकरणलगायत भौतिक सम्पत्तिमा समेत क्षति भएको जानकारी आएको नाडाले जनाएको छ।
क्षतिको वास्तविक विवरण संकलन गरी प्रभावित व्यवसायीलाई आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले नाडाले सरकारी निकाय, बीमा कम्पनी, बैंक तथा वित्तीय संस्था, भन्सार कार्यालयलगायत सरोकारवाला निकायसँग समन्वय सुरु गरेको छ।
नाडाले बाढी तथा डुबानबाट प्रभावित आफ्ना सदस्य कम्पनीलाई क्षतिको यथार्थ र प्रमाणित विवरण सचिवालयमा उपलब्ध गराउन आग्रह गरेको छ। विवरणमा क्षतिग्रस्त तथा हराएका सवारीसाधन, ती सवारीसाधन रहेको स्थान र सम्बन्धित भन्सार नाका, सवारीसाधनको संख्या तथा प्रकार, गोदाम र कार्यालयमा भएको क्षति, बीमा गरिएको सम्पत्ति, बीमा दाबीका लागि आवश्यक कागजात तथा बैंक ऋणसम्बन्धी विवरण समावेश गर्न भनिएको छ।
प्राप्त विवरणका आधारमा नाडाले क्षतिको समग्र अभिलेख तयार पार्ने जनाएको छ। साथै, बीमा दाबी प्रक्रिया सहज बनाउन सम्बन्धित बीमा कम्पनीसँग तथा भन्सार नाकामा रहेका हराएका वा क्षतिग्रस्त सवारीसाधनको पहिचान र आवश्यक प्रक्रियाका लागि सम्बन्धित भन्सार कार्यालयसँग समन्वय गर्ने नाडाको योजना छ।
बाढीबाट प्रभावित व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको पुनर्संरचना, भुक्तानी अवधि पुनरावलोकन वा अन्य सहजीकरणका विषयमा पनि सम्बन्धित निकायसँग पहल गर्ने नाडाले जनाएको छ।
अटोमोबाइल क्षेत्रमा पुगेको क्षतिको समग्र विवरण सरकार तथा अन्य सरोकारवाला निकायसमक्ष प्रस्तुत गरी राहत, सहजीकरण तथा नीतिगत सम्बोधनका लागि पहल गर्ने नाडाको भनाइ छ।
यसका लागि आवश्यकताअनुसार समन्वय तथा सहजीकरण समिति गठन गरी प्रभावित व्यवसायीका समस्या सम्बन्धित निकायसम्म पुर्याउने र समाधानका लागि पहल गर्ने पनि नाडाले जनाएको छ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले प्रभावित सदस्य व्यवसायीलाई क्षतिको विवरण यथाशीघ्र सचिवालयमा उपलब्ध गराउन आग्रह गरेका छन्।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...