दुर्घटना कम गर्न ६ महिनामा गाडीको नवीकरण : गण्डकी प्रदेश सरकार
गण्डकी सरकारले दुर्घटना न्यूनीकरणका लागि गाडीको जाँचपास प्रत्येक ६...
अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ ७ देखि आयोजना गर्ने तयारी थालेको अटो शो सर्न सक्ने देखिएको छ । सवारीसाधन आयातमाथिको प्रतिबन्ध कायमै रहेको समयमा अटो शो आयोजना गर्ने घोषणा गरेको नाडाले पहिलो चरणको प्रतिबन्ध हटेर आजदेखि आयात सुचारु हुने अपेक्षा राख्दै आएको थियो ।
तर सरकारले मोटरसाइकलको आयातमा थप कडाई गर्दै पहिलेको प्रतिबन्धलाई भदौ १४ सम्म लागु गर्ने निर्णय लिएपछि उक्त शो आयोजना हुने विषयमा संशय पैदा भएको हो । संघका अध्यक्ष ध्रुव थापाले पछिल्लो घटनाक्रमलाई अटो शोसँग जोडेर छलफल गरेछि उचित निर्णय लिइने बताए ।
उनले भने, ‘आजदेखि आयात खुल्नेमा हामी अटोमोबाइल व्यवसायी ढुक्क थियौं । उद्योग वाणिज्य मन्त्रिसँगको भेटमा पनि उहाँले साउन १ गतेबाट आयात खुल्छ भन्नुभएको थियो । तर अचानक मध्यराती राजपत्रमा सूचना प्रकाशन गरेर प्रतिबन्ध थपियो । यसले हामीलाई एकदमै अप्ठ्यारो स्थितिमा पुर्याइदिएको छ । सरकारको यो निर्णयले अटो शो तोकिएकै समयमा आयोजना गर्ने वा पछि सार्ने भन्ने विषयमा सोच्नुपर्ने अवस्था आएको छ । सवैजना व्यवसायीसँग सल्लाह गरेर यस विषयमा छिट्टै निर्णय लिनेछौ ।’
आयतमाथिको प्रतिबन्ध जारी रहेकै समयमा अटो शो गर्न नहुने व्यवसायीको समेत राय रहँदै आएको छ । प्रतिबन्ध जारी रहँदा नयाँ गाडी आयात गर्न समस्या हुने र पुरानै गाडी सोकेश गर्दा दर्शकको सहभागिता कम हुने कारण यस्तो समयमा अटो शो गर्नु उपलव्धिमूलक नहुने एक व्यवसायीले नेपाल अटोसँग बताए ।
अटो शो र लगत्तै सुरु हुने फेस्टिभल सिजनमा वर्षभरी बिक्री हुने कुल सवारीको झन्डै ४० प्रतिशत हाराहारी बिक्री हुँदै आएको अध्यक्ष थापाको भनाइ छ । ‘यो सिजन सवारी बिक्रीको प्रमुख सिजन पनि हो । राज्यले ठूलो रकम राजस्व संकलन गर्ने समय पनि हो । तर सुन र सुपारीलाई आवश्यक ठान्ने सरकारले गाडी र मोटरसाइललाई विलासी वर्गमा राखेर आयात रोकेको छ । यो भन्दा ठूलो विडम्बना अरु के हुनसक्छ । यसले आम नागरिकको मोबिलिटीमा असर त गर्छ नै राजस्व संकलन प्रभावित हुँदा देशको अर्थतन्त्रमै गम्भीर धक्का दिनेछ ।’ उनले भने ।
कोभिडका कारण यसअघिका २ वटा शो आयोजना गर्न नपाएको नाडामाथि यसपाली जसरी भएपनि फेस्टिभल सिजन अगावै अटो शो गर्नुपर्ने दवाव रहँदै आएको छ । अटो शो तोकिएकै समयमा आयोजना गर्ने तयारी अनुरुप उसले स्टल वुक समेत गराइसकेको छ ।
गण्डकी सरकारले दुर्घटना न्यूनीकरणका लागि गाडीको जाँचपास प्रत्येक ६...
काठमाडौं–भारतको राजधानी नयाँ दिल्लीमा सोसाइटी अफ इण्डियन अटोमोवाइल...
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आज बसेको नयाँ कार्यसमितिको पहिलो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...