नाडा अटो शो २०२६ को तयारी अन्तिम चरणमा, भृकुटीमण्डपमा स्टल निर्माण तीव्र(फोटो फिचर)

काठमाडौँ–नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ । आगामी भदौ ९ देखि १४ गते (अगस्ट २५–३०) सम्म काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुने उक्त प्रदर्शनीका लागि अहिले स्टल निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ५०औँ स्थापना वर्षको अवसरमा यसपटकको प्रदर्शनीलाई ‘स्वर्ण जयन्ती संस्करण’का रूपमा आयोजना गरिँदैछ । सोही अनुरूप प्रदर्शनीलाई विगतभन्दा थप व्यवस्थित, प्रविधिमैत्री र आकर्षक बनाउन प्राविधिक तथा कामदारहरू डिजिटल डिस्प्ले, लाइटिङ, विद्युत् व्यवस्थापन र ब्रान्डिङको काममा व्यस्त छन् ।

करिब तीन लाख वर्गफिट क्षेत्रफलमा फैलिने यस प्रदर्शनीमा २०० भन्दा बढी स्टलहरू रहनेछन् । प्रदर्शनीमा यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपाङ्ग्रे सवारीका १३ गरी कुल ५३ वटा सवारी ब्राण्डहरूको सहभागिता रहनेछ । त्यसैगरी, करिब ७० वटा स्टलमा अटो पाट्र्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट्स, एसेसरिज तथा ग्यारेज उपकरणहरू प्रदर्शन गरिनेछ भने बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरूको पनि उपस्थिति रहनेछ ।

यस वर्षको मुख्य आकर्षणका रूपमा ‘मेड इन नेपाल र मेड फर नेपाल’ पभेलियन रहनेछ । यस पभेलियनमार्फत नेपालमै उत्पादन तथा एसेम्बल भएका सवारीसाधन, विद्युतीय सवारी (ईभी), ब्याट्री, हेल्मेट लगायतका कम्पोनेन्टहरूको विशेष प्रवद्र्धन गरिनेछ ।

नयाँ सवारीसाधन र अत्याधुनिक प्रविधिको अवलोकनका साथै उपभोक्ता, व्यवसायी, वितरक र वित्तीय संस्थाहरूबीच प्रत्यक्ष व्यावसायिक अन्तरक्रिया गराउने उद्देश्यले आयोजना गरिएको यस शोलाई नेपालको अटोमोबाइल क्षेत्रको प्रमुख व्यावसायिक मञ्चका रूपमा हेरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...