आयो मोटरहेडको नयाँ वर्ष अफर : सुपर सवारी २०८०

काठमाडौं – मोटरहेड मोटरसाइकलको नेपालका आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले नयाँ वर्ष २०८० लाई लक्ष्यित गर्दै नयाँ अफर ल्याएको छ । २०२१ मोडल तथा त्यस मुनिका मोडलहरुमा ‘स्टक क्लियरेन्स’ अफर कायम राख्दै कम्पनीले आफ्ना २०२२ मोडलका बाइकहरुमा ‘सुपर पावर २०८०, यो नयाँ वर्ष सुरक्षा र सुविधा हाम्रो, सवारी तपाईंको’ नामक अफर लागू गरेको हो । सो अफर शुक्रबार देखि प्रारम्भ हुने कम्पनीले बताएको छ ।

सबै प्रकारका खरिद प्रक्रियामा उत्तिकै उत्साहित अफर समेट्दै नगद/फाइनान्स र एक्सचेन्ज खरिद प्रक्रियामा विभिन्न लाभमूलक अफर ल्याएको कम्पनीको भनाइ छ । यस अन्तर्गत नगद खरिद गरे वापत ग्राहकले मोटरहेडका कुनै २०२२ का मोडलमा २०८०/८१ सम्मको कर छुट तथा फुल इन्स्योरेन्सको सुविधा लिन सक्ने छन् ।

फाइनान्स खरिदमा आफूले खरिद गरेको बाइकको फुल इन्स्योरेन्स ग्राहकले कम्पनीबाटै सुविधा पाउने तथा सट्टापट्टा गरी लिँदा ग्राहकले आफ्नो पुरानो बाइकको बजार मुल्याङकनमा कम्पनीबाट थप १५ हजार रुपैयाँको मुल्याङकन अफर स्वरुप प्राप्त गरी नयाँ बाइक लिन सकिने छ ।

यसका साथै खरिद प्रकार जे–जस्तो भए तापनि सो ब्रान्डका बाइक खरिदकर्ताले कम्पनीको तर्फबाट फुल हेल्मेट निःशुल्क पाउने छन् ।

मेटरहेडका स्पोर्ट्स २५०, टेक्कन आर २५०, टेक्कन २५०, एमएच १५०, स्क्र्याम्बलर र एक्स–टर्क गरी ६ मोडल र देशका विभिन्न प्रमुख सहरहरुमा सेल्स, सर्भिस तथा पार्ट्सको सुविधा सहित डिलर रहेका छन् ।

सम्बन्धित समाचारहरू

मोटरहेड बाइकको प्रि–बजेट अफर : नगद छुट र कोभिड केयर गिफ्ट

मोटरहेड बाइकको प्रि–बजेट अफर : नगद छुट र कोभिड केयर गिफ्ट

काठमाडौं – मोटरहेड बाइकको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो न्ड...

धादिङको बैरेनिमा मोटरहेडको आधिकारिक सर्भिस सेन्टर

धादिङको बैरेनिमा मोटरहेडको आधिकारिक सर्भिस सेन्टर

मोटरहेड ब्राण्डको आधिकारीक वितरक एसएलआर टेक्नो एण्ड टे«ड प्रालिले...

टारोका बाइक तथा स्कुटरमा ३० हजार सम्म छुट : आयो दशै तिहार स्किम

टारोका बाइक तथा स्कुटरमा ३० हजार सम्म छुट : आयो दशै तिहार स्किम

काठमाडौं – नेपालका लागि टारो ब्रान्डका बाइक तथा स्कुटरको आधिकारिक वितरक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...