मूल्य, पावर र फिचर्स अनुसार २५० सीसीमा बढ्दो प्रतिस्पर्धा : डेली कम्युट देखि टुरिङ सम्म
नेपालको टु ह्विलर बजारमा २५० सीसी सेग्मेन्टका बाइकको बिक्री खासै...
मोटरहेडका अन्य मोडलका साथै १५० सीसी सेगमेन्टमा रुचाइएको मोडल हो अपग्रेडेड एमएच १५० आर । नेपाली बजारमा एसएलआर टेक्नो एन्ड टेडले सो बाइक बिक्री–वितरण गरिरहेको छ ।
पहिलेकै एमएच १५० आरमा इन्जिन र अन्य प्राविधिक कुराहरु समेत अपग्रेड भएर अपग्रेडेड एमएच १५० आर आएको हो । बाइकमा नयाँ सीजी १५० सीसीको इन्जिन छ, जसले १४ बीएचपी पावर र १३ एनएम टर्क जेनेरेट गर्छ । त्यसैगरी ब्यालेन्स साफ्ट, इन्भर्टेड सक, डबल डिस्क ब्रेक, नयाँ डिजाइनको मफलर, टफ च्यासिस र सिंगल एक्सिस ब्यालेन्सर छ । बाइकमा नयाँ क्याची टाइपको ग्राफिक्स समेत उपलब्ध छ ।
डर्ट बाइकमा नयाँ अनुभव लिन चाहने ग्राहकलाई लक्ष्यित गरी यो बाइक बजारमा उपलब्ध गराएको कम्पनीको भनाइ छ । ३५ हजार किलोमिटर भन्दा बढी सिंगल यात्रा गरेर गिनिज बुकमा नाम लेखाउन सफल मोटरहेड ब्रान्डको उत्पादन भएकाले पनि यसलाई धेरैले रुचाएको पाइन्छ ।
कम्पनीको काठमाडौं उपत्यकामा मित्रपार्क, टेकु, वालाजु, धोविघाट र सल्लाघारी भक्तपुरमा शोरुम रहेको छ भने उपत्यका बाहिर विर्तामोड, इटहरी, हेटौंडा, मन्थली, कावासोती ,बुटवल, धादिङ, पोखरा, बाग्लुङ, दुलेगौडा र जुम्लामा डिलर रहेको छ ।
मोटरहेड एमएच १५० आरको मूल्य ३ लाख १० हजार रुपैयाँ तोकेको छ । हाल चाडपर्व अफरको रुपमा एसएलआर टेक्नो एन्ड ट्रेडले ‘४ को चमत्कार, बाइक पनि बचत पनि’ अफर सार्वजनिक गरेको छ । कम्पनीले मोटरहेड ब्रान्डका बाइक खरिद गर्ने ग्राहकहरुलाई स्क्रयाच कार्ड मार्फत ७ हजार ९ सय देखि १ लाख रुपैयाँ सम्म जित्न सकिने अफरको साथै वम्परमा १ जना भाग्यशाली विजेताले १ लाख जित्न सक्ने अफर सार्वजनिक गरेको छ ।
यसका साथै कम्पनीले हात खाली नहुने उद्देश्यले हरेक शोरुममा उपस्थित हुने ग्राहकहरुलाई टेष्ट राइड गराई उपहार दिने र आफ्नो पोज एन्ड पोस्ट क्याम्पेन अन्तर्गत शोरुममा फोटो खिची लाइक तथा सेयर गरी हरेक हप्ता एक जनाले आर्कषक उपहार समेत पाउने व्यवस्था गरेको छ ।
नेपालको टु ह्विलर बजारमा २५० सीसी सेग्मेन्टका बाइकको बिक्री खासै...
काठमाडौं – हाल नेपाली बजारमा मोटरहेड र टारो ब्रान्डका दुई पांग्रे सवारी...
काठमाडौं – मोटरहेड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...