मोटरहेड एमएच १५० आर : डर्ट बाइकका लागि उत्कृष्ट ब्रान्ड, उत्कृष्ट मोडल

मोटरहेडका अन्य मोडलका साथै १५० सीसी सेगमेन्टमा रुचाइएको मोडल हो अपग्रेडेड एमएच १५० आर । नेपाली बजारमा एसएलआर टेक्नो एन्ड टेडले सो बाइक बिक्री–वितरण गरिरहेको छ ।

पहिलेकै एमएच १५० आरमा इन्जिन र अन्य प्राविधिक कुराहरु समेत अपग्रेड भएर अपग्रेडेड एमएच १५० आर आएको हो । बाइकमा नयाँ सीजी १५० सीसीको इन्जिन छ, जसले १४ बीएचपी पावर र १३ एनएम टर्क जेनेरेट गर्छ । त्यसैगरी ब्यालेन्स साफ्ट, इन्भर्टेड सक, डबल डिस्क ब्रेक, नयाँ डिजाइनको मफलर, टफ च्यासिस र सिंगल एक्सिस ब्यालेन्सर छ । बाइकमा नयाँ क्याची टाइपको ग्राफिक्स समेत उपलब्ध छ ।

डर्ट बाइकमा नयाँ अनुभव लिन चाहने ग्राहकलाई लक्ष्यित गरी यो बाइक बजारमा उपलब्ध गराएको कम्पनीको भनाइ छ । ३५ हजार किलोमिटर भन्दा बढी सिंगल यात्रा गरेर गिनिज बुकमा नाम लेखाउन सफल मोटरहेड ब्रान्डको उत्पादन भएकाले पनि यसलाई धेरैले रुचाएको पाइन्छ ।

कम्पनीको काठमाडौं उपत्यकामा मित्रपार्क, टेकु, वालाजु, धोविघाट र सल्लाघारी भक्तपुरमा शोरुम रहेको छ भने उपत्यका बाहिर विर्तामोड, इटहरी, हेटौंडा, मन्थली, कावासोती ,बुटवल, धादिङ, पोखरा, बाग्लुङ, दुलेगौडा र जुम्लामा डिलर रहेको छ ।

मोटरहेड एमएच १५० आरको मूल्य ३ लाख १० हजार रुपैयाँ तोकेको छ । हाल चाडपर्व अफरको रुपमा एसएलआर टेक्नो एन्ड ट्रेडले ‘४ को चमत्कार, बाइक पनि बचत पनि’ अफर सार्वजनिक गरेको छ । कम्पनीले मोटरहेड ब्रान्डका बाइक खरिद गर्ने ग्राहकहरुलाई स्क्रयाच कार्ड मार्फत ७ हजार ९ सय देखि १ लाख रुपैयाँ सम्म जित्न सकिने अफरको साथै वम्परमा १ जना भाग्यशाली विजेताले १ लाख जित्न सक्ने अफर सार्वजनिक गरेको छ ।

यसका साथै कम्पनीले हात खाली नहुने उद्देश्यले हरेक शोरुममा उपस्थित हुने ग्राहकहरुलाई टेष्ट राइड गराई उपहार दिने र आफ्नो पोज एन्ड पोस्ट क्याम्पेन अन्तर्गत शोरुममा फोटो खिची लाइक तथा सेयर गरी हरेक हप्ता एक जनाले आर्कषक उपहार समेत पाउने व्यवस्था गरेको छ ।

सम्बन्धित समाचारहरू

यस्तो छ मोटरहेड मोटरसाइकलको मूल्य, सबैभन्दा महंगो स्क्राम्ब्लर २५० को मूल्य ४ लाख ५५ हजार

यस्तो छ मोटरहेड मोटरसाइकलको मूल्य, सबैभन्दा महंगो स्क्राम्ब्लर २५० को मूल्य ४ लाख ५५ हजार

चाइजिन टु ह्विलर ब्रान्ड मोटरहेड पछिल्लो समय नेपाली राइडरमाझ लोकप्रिय...

व्यवसायी घिमिरेले अब एसजी अटोक्राफ्टमार्फत नेपालमै विद्युतीय सवारी एसेम्बल गर्ने

व्यवसायी घिमिरेले अब एसजी अटोक्राफ्टमार्फत नेपालमै विद्युतीय सवारी एसेम्बल गर्ने

काठमाडौं – हाल नेपाली बजारमा मोटरहेड र टारो ब्रान्डका दुई पांग्रे सवारी...

ट्यारोका ५ मोडल नेपालमा : मूल्य ९ लाख ५० हजार सम्म

ट्यारोका ५ मोडल नेपालमा : मूल्य ९ लाख ५० हजार सम्म

काठमाडौं – इटालीमा डिजाइन भएको र प्रविधिलगायतका विभिन्न सपोर्टका लागि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...