मोटरहेडले ल्यायो ४ को चमत्कार, बाइक किन्दा पाइने यस्ता छन् चमत्कार

काठमाडौं – नेपालका लागि मोटरहेड ब्रान्डको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले ‘४ को चमत्कार, बाइक पनि बचत पनि’ अफर सार्वजनिक गरेको छ ।

भाद्र १९ देखि शुरु हुने सो अफर आगामी कात्तिक १५ सम्म लागू हुनेछ । कम्पनीले मोटरहेड ब्रान्डका बाइक खरिद गर्ने ग्राहकहरुलाई स्क्रयाच कार्ड मार्फत ७ हजार ९ सय देखि १ लाख रुपैयाँ सम्म जित्न सकिने अफरको साथै वम्परमा १ जना भाग्यशाली विजेताले १ लाख जित्न सक्ने अफर सार्वजनिक गरेको छ ।

यसका साथसाथै टेक्कन २५० पुरानो मोडल जुनै पनि माध्यमबाट खरिद गर्दा सिधै २५ हजार छुटको व्यवस्था गरेको छ । यसका साथै कम्पनीले हात खाली नहुने उद्देश्यले हरेक शोरुममा उपस्थित हुने ग्राहकहरुलाई टेष्ट राइड गराई उपहार दिने र आफ्नो पोज एन्ड पोस्ट क्याम्पेन अन्तर्गत शोरुममा फोटो खिची लाइक तथा सेयर गरी हरेक हप्ता एक जनाले आर्कषक उपहार समेत पाउने व्यवस्था गरेको छ ।

मोटरहेडको हाल टेक्कन २५०, टेक्कन आर२५० अपग्रेडेड, स्पोर्ट्स २५० रोड, स्पोर्ट्स २५० अफरोड, एमएच १५०, एमएच २००एक्स, एक्स–टर्क र स्क्र्याम्बलर गरी ८ मोडलका बाइकहरु उपलब्ध छन् । यी बाइकको मूल्य ३ लाख १० हजार देखि ४ लाख ९५ हजार रुपैयाँ सम्म छ ।

कम्पनीको काठमाडौं उपत्यकामा मित्रपार्क, टेकु, वालाजु, धोविघाट र सल्लाघारी भक्तपुर गरी ५ ठाउँमा शोरुम रहेको छ भने उपत्यका बाहिर विर्तामोड, इटहरी, हेटौंडा, मन्थली, कावासोती ,बुटवल, धादिङ, पोखरा, बाग्लुङ र जुम्ला गरी १० स्थानमा डिलर रहेको छ ।

सम्बन्धित समाचारहरू

व्यवसायी घिमिरेले अब एसजी अटोक्राफ्टमार्फत नेपालमै विद्युतीय सवारी एसेम्बल गर्ने

व्यवसायी घिमिरेले अब एसजी अटोक्राफ्टमार्फत नेपालमै विद्युतीय सवारी एसेम्बल गर्ने

काठमाडौं – हाल नेपाली बजारमा मोटरहेड र टारो ब्रान्डका दुई पांग्रे सवारी...

थप ४ शहरमा डिलरसिप विस्तार गर्दै क्रसफायर, सर्भिस सेन्टर समेत बिस्तार गर्ने योजना

थप ४ शहरमा डिलरसिप विस्तार गर्दै क्रसफायर, सर्भिस सेन्टर समेत बिस्तार गर्ने योजना

क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक क्लासिक ह्विल्स...

आयो मोटरहेडको महा चाड महा बचत अफर : बाइकमा २५ हजार देखि १ लाख सम्म छुट

आयो मोटरहेडको महा चाड महा बचत अफर : बाइकमा २५ हजार देखि १ लाख सम्म छुट

काठमाडौं –मोटरहेड ब्रान्डका बाइकको नेपालको लागि आधिकारिक वितरक एसएलआर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...