२०० सीसी भन्दा माथिका मोटरसाइकलको मूल्यमा भारी वृद्धि हुने, यस्तो छ बजेटको नयाँ व्यवस्था

काठमाडौं – सरकारले हिजो सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को बजेटले मोटरसाइकलको भन्सार र अन्तःशुल्कमा व्यापक वृद्धि गरेको छ । बजेटले २०० सीसी भन्दा कम क्षमताका मोटरसाइकलको करको दर यथावत राखे पनि त्यो भन्दा बढी क्षमताका मोटरसाइकलमा भने धेरै नै दर बढाएको छ ।

२०१ देखि २५० सीसीसम्मका मोटरसाइकलमा २० प्रतिशतले अन्तःशुल्क र १० प्रतिशतले भन्सार वृद्धि भए पश्चात अब यी मोटरसाइकलमा अन्तःशुल्क ८० प्रतिशत र भन्सार ४० प्रतिशत लाग्ने भएको छ ।

त्यसैगरी २५१ देखि ५०० सीसीको हकमा भन्सार ३० प्रतिशतबाट बढाएर ७० प्रतिशत र अन्तः शुल्क ८० बाट बढाएर ९० प्रतिशत बनाइएको छ।

५०१ सीसीदेखि बढी क्षमताका सबै मोटरसाइकलमा पहिले भन्सार ३० प्रतिशत रहेकोमा यसलाई बढाएर ८० प्रतिशत भन्सार बनाइएको छ। अन्तःशुल्क भने १०० नै यथवात राखिएको छ।

यसबाट २०० सीसी सम्मका मोटरसाइकलको करको दर यथावत रहे पनि त्यो भन्दा बढी क्षमताका मोटरसाइकलको मूल्यमा भने भारी वृद्धि हुने देखिएको छ ।

सम्बन्धित समाचारहरू

मौद्रिक नीति वारेमा नाडाको सकारात्मक प्रतिक्रिया

मौद्रिक नीति वारेमा नाडाको सकारात्मक प्रतिक्रिया

काठमाडौं – नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक बर्ष २०७८/७९ को...

कार्तिक २६ गते हुने भयो पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनको साधारण सभा

कार्तिक २६ गते हुने भयो पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनको साधारण सभा

काठमाडौं – पोखराका अटोमोबाइल व्यवसायीहरुको संगठन पश्चिमाञ्चल अटोमोबाइल...

नाडाको विशेष साधारण सभा हाललाई स्थगित

नाडाको विशेष साधारण सभा हाललाई स्थगित

काठमाडौं–नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आगामी विशेष साधारण...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...