१२५ सीसी क्षमताका ४ उत्कृष्ट बाइक : पावर, फिचर्स र मूल्यमा यस्तो छ भिन्नता
नेपाली टु ह्विलर बजारमा कम्युटर मोटरसाइकलको बजार निकै राम्रो रहेको पाइन्छ...
भारतको मध्यप्रदेशको छिन्दवाडा सहरका अपाङ्ग सन्तोष साहु भिख माग्छन् तर अहिले उनी आफ्नी श्रीमतीप्रतिको मायाका कारण चर्चामा छन् । श्रीमतीलाई ट्राइसाइकल धकेल्न मुस्किल परेपछि सन्तोषले श्रीमतीलाई ९० हजार भारु मूल्यको मोपेड उपहार दिएका छन् । अहिले उनीहरु यही मोपेडबाट ठाउँ–ठाउँमा घुमेर पैसा कमाउन थालेका छन् । यसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
सन्तोष साहु दुवै खुट्टाले अपाङ्गता भएका छन् । उनी आफ्नी श्रीमती मुन्नीसँग छिन्दवाडा बस स्टेशनमा दैनिक भिख मागेर गुजारा चलाउँछन् । मोपेड किन्नुअघि सन्तोषले ट्राइसाइकल चलाउने गर्थे, जसलाई मुन्नीले धकेल्नुपथ्र्याे । उनीहरु दिनहुँ भिख मागेर दिनको ३ सयदेखि ४ सय भारु कमाउछन् ।
ट्राइसाइकलमा हिँडेर भिख माग्न निकै समस्या भएपछि उनको श्रीमतीले मोपेड किन्न आग्रह गरेकी थिइन् । सन्तोषले आफ्नो दैनिक कमाइबाट पैसा बचत गर्न थाले । करिब ४ वर्ष पैसा जम्मा गरेपछि उनले ९० हजार भारु जम्मा गरे ।
गत साता सन्तोषले आफूले जम्मा गरेको पैसाले टीभीएस एक्सएल १०० मोपेड किनेर श्रीमतीलाई मोपेड उपहार दिएका छन् । हाल उनीहरु मोपेडबाट यात्रा गरी इन्दौर र भोपाल गएर भिख माग्न सक्छन् ।
टीभीएस एक्सएल १०० मोपेडमा ९९.७ सीसीको इन्जिन जडान गरिएको छ । यो भारतको सबैभन्दा सस्तो पेट्रोलबाट चल्ने दुई पाङ्ग्रे सवारी साधन हो र भारतमा बिक्रीमा रहेको एक मात्र मोपेड हो । यो टीभीएसको सबैभन्दा धेरै बिक्री हुने मोडल मध्ये एक हो । मोपेडको पछाडि २ वटा अतिरिक्त पाङ्ग्रा जडान गरिएको छ ।
नेपाली टु ह्विलर बजारमा कम्युटर मोटरसाइकलको बजार निकै राम्रो रहेको पाइन्छ...
टीभीएस बाइकप्रेमीका लागि रोचक खबर । टीभीएसले बजारमा ल्याउने भनेको नयाँ...
काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...