टीभीएसको पहिलो एड्भेन्चर बाइक ‘आरटीएक्स ३००’ नेपाली बजारमा
काठमाडौं–जगदम्बा मोटर्सले टीभीएसको पहिलो एड्भेन्चर टुरिङ मोटरसाइकल...
भारतको मध्यप्रदेशको छिन्दवाडा सहरका अपाङ्ग सन्तोष साहु भिख माग्छन् तर अहिले उनी आफ्नी श्रीमतीप्रतिको मायाका कारण चर्चामा छन् । श्रीमतीलाई ट्राइसाइकल धकेल्न मुस्किल परेपछि सन्तोषले श्रीमतीलाई ९० हजार भारु मूल्यको मोपेड उपहार दिएका छन् । अहिले उनीहरु यही मोपेडबाट ठाउँ–ठाउँमा घुमेर पैसा कमाउन थालेका छन् । यसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
सन्तोष साहु दुवै खुट्टाले अपाङ्गता भएका छन् । उनी आफ्नी श्रीमती मुन्नीसँग छिन्दवाडा बस स्टेशनमा दैनिक भिख मागेर गुजारा चलाउँछन् । मोपेड किन्नुअघि सन्तोषले ट्राइसाइकल चलाउने गर्थे, जसलाई मुन्नीले धकेल्नुपथ्र्याे । उनीहरु दिनहुँ भिख मागेर दिनको ३ सयदेखि ४ सय भारु कमाउछन् ।
ट्राइसाइकलमा हिँडेर भिख माग्न निकै समस्या भएपछि उनको श्रीमतीले मोपेड किन्न आग्रह गरेकी थिइन् । सन्तोषले आफ्नो दैनिक कमाइबाट पैसा बचत गर्न थाले । करिब ४ वर्ष पैसा जम्मा गरेपछि उनले ९० हजार भारु जम्मा गरे ।
गत साता सन्तोषले आफूले जम्मा गरेको पैसाले टीभीएस एक्सएल १०० मोपेड किनेर श्रीमतीलाई मोपेड उपहार दिएका छन् । हाल उनीहरु मोपेडबाट यात्रा गरी इन्दौर र भोपाल गएर भिख माग्न सक्छन् ।
टीभीएस एक्सएल १०० मोपेडमा ९९.७ सीसीको इन्जिन जडान गरिएको छ । यो भारतको सबैभन्दा सस्तो पेट्रोलबाट चल्ने दुई पाङ्ग्रे सवारी साधन हो र भारतमा बिक्रीमा रहेको एक मात्र मोपेड हो । यो टीभीएसको सबैभन्दा धेरै बिक्री हुने मोडल मध्ये एक हो । मोपेडको पछाडि २ वटा अतिरिक्त पाङ्ग्रा जडान गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...