मोटरहेडको डर्ट बाइक एक्स–टर्क २५० : मासिक १७ हजार ३२६ किस्तामा लिन सकिने

नेपाली बजारमा उपलब्ध २५० सीसीको डर्ट मोटरसाइकल मध्ये लोकप्रिय मोटरसाइकल हो मोटरहेड एक्स–टर्क २५० । नेपालमा एसएलआर टेक्नो एन्ड ट्रेडले यो मोटरसाइकल बिक्री–वितरण गरिरहेको छ ।

मोटरहेडले हाल विभिन्न मोडलका मोटरसाइकलका लागि विभिन्न प्रकारको अफर उपलब्ध गराइरहेको छ । यी मध्ये ५० प्रतिशत मात्र रकम डाउन पेमेन्टको रुपमा शुरुमा बुझाएर बाँकी रकम किस्ताबन्दीमा तिर्न सकिने स्किम एक हो ।

मोटरहेड एक्स–टर्क २५० को मूल्य ३ लाख ९० हजार रुपैयाँ छ । यस अनुसार शुरुमा ५० प्रतिशत अर्थात १ लाख ९५ हजार रुपैयाँ बुझाएर बाँकी रकम १२ महिना सम्म मासिक किस्ताको रुपमा बुझाउन सकिन्छ ।

१२ प्रतिशत ब्याजदर र निःशुल्क सर्भिस चार्ज सहित बाँकी रकम मासिक रुपमा १७ हजार ३२६ रुपैयाँको दरले बुझाउन सकिने कम्पनीको भनाइ छ ।

हाल २०२१ सम्मका मोडलमा मोटरहेड स्टक क्लियरेन्स अफर समेत उपलब्ध छ । यस अनुसार शुरुमा नगद रकम बुझाउनेका लागि विभिन्न छुट उपलब्ध छ । सो स्किम अन्तर्गत यो मोटरसाइकलमा ५० हजार रुपैयाँ छुट उपलब्ध हुन्छ ।

मोटरहेड एक्स–टर्क २५० मा २५० सीसीको एयर–कुल्ड सिंगल–सिलिन्डर, टु भल्व इन्जिन छ, जसले २० बीएचपी पावर र १९ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५–स्पिड गियरबक्स जडान गरिएको छ । यसको टप स्पिड १२० किलोमिटर प्रतिघण्टा छ ।

४० किलोमिटर माइलेज दिने बताइएको सो मोटरसाइकलको दुवै पांग्रामा डिक्स ब्रेक जडान गरिएको छ । यसको ह्विलबेस १३९० एमएम छ भने फ्रन्टमा इन्भर्टेड र रियरमा आयल–डम्पर मोनोसक सस्पेन्सन छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...