रसुवा विपद्ले हामीलाई के सिकाउँदैछ? अब नीतिमै पुनर्विचार गर्ने कि ? दीपक थपलियाको विचार
कुनै जिम्मेवार कम्पनीमा ठूलो दुर्घटना भयो भने त्यसलाई केवल एउटा दुर्घटना...
काठमाडौँ - दक्षिण कोरियासँग नेपालमा मोनोरेल स्थापनाको लागि सम्झौता भएको छ । नेपाल मोनोरेल केएमई ट्राभल प्रालिकी निर्देशक संगीता कुँवर र दक्षिण कोरियाको डेलिम मोनोरलका प्रमुख कार्यकारी अधिकृत सेओङ बू–सियोपबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा नेपाललगायत अन्य देशमा मोनोरेल स्थापनाको लागि सामानको उत्पादन, बजार व्यवस्थापन र मर्मत सम्बन्धी कार्यहरू गर्ने उल्लेख छ ।
कोरियाको राजधानी सउलमा हालै सम्पन्न एक ‘स्पोर्टस ग्लोबर टुरिजम २०२४’ गोष्ठीमा नेपाल–दक्षिण कोरियाबीच मोनोरेलसहित सातवटा सम्झौता भएका थिए । ‘ड्राइभिङनेशनल डेभलपमेन्ट’ नारा दिएको उक्त गोष्ठीको कोरियास्थित नेपाली राजदूतावास, ग्लोबल एनआरएन फाउन्डेसन, हान्याङ्ग विश्वविद्यालय र एमआइटी फाउन्डेसनले संयुक्तरुपमा आयोजना गरिएको थियो ।
सो अवसरमा खेलकुद, समाज कल्याण, शिक्षा लगायतका अन्य विभिन्न क्षेत्रका लागि समेत सम्झौता भएको थियो ।
उक्त कार्यक्रममा विभिन्न विश्वविद्यालयका दक्ष खातीप्राप्त प्राध्यापकहरुलगायत सम्बन्धित विषयका विशेषज्ञहरूले १५ वटा कार्य तथा शोधपत्रहरू प्रस्तुत गरेका थिए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...